५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोजपुरमा ९० प्रतिशत रोपाइँ



फाईल फोटो
अ+ अ-

भोजपुर । भोजपुरमा यस वर्ष ९० प्रतिशत धान रोपाइँ सकिएको छ । गत वर्ष यही समयमा ८९ प्रतिशत रोपाइँ भएको थियो । यस वर्ष समयमै वर्षा भएका कारण धान रोपाइँमा समयमै रोपाइँ भएको र हालसम्म जिल्लाभर ९० प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञानकेन्द्रका सूचना अधिकारी विश्वास अम्गाईंले बताउनुभयो । उहाँले भन्नुभयो, “भोजपुरमा हालसम्म ९० प्रतिशतको हाराहारीमा रोपाइँ सकिएको छ । दुई बाली लाग्ने क्षेत्रमा अझै पनि रोपाइँ भइरहेको अवस्था छ । समयमा वर्षा भएकाले गत वर्षको तुलनामा अलि बढी क्षेत्रमा रोपाइँ भएको हो ।”

जिल्लाभर १८ हजार ९२ हेक्टरमा धानबाली हुने गरेकामा साउन २० सम्म १६ हजार दुईसय ८२ हेक्टरमा रोपाइँ सकिएको सूचना अधिकारी अम्गाईंले बताउनुभयो । जिल्लाको नौवटै स्थानीय तहको तल्लो भेगमा धानबाली हुने गरेको छ । पछिल्लो समय बसाइँसराइका कारण खेत बाँझै राख्ने गरिएको छ ।

समयमै मल नपाउँदा भने समस्या भएको कृषकले गुनासो गरेका छन् । स्थानीय जोखिमका किसान धनबहादुर थापाले मल नपाउँदा समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले समयमा मल नदिँदा किसानलाई समस्या भएको छ । युरिया मल बाहिरी बजारबाट प्रतिबोरा रु दुई हजार ४०० मा ल्याउन बाध्य छौँ ।