८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

‘गेज रिडर’ सक्रिय हुँदा बाढी डुबानको क्षति न्यून

‘गेज रिडर’ सक्रिय हुँदा बाढी डुबानको क्षति न्यून
अ अ+ अ-

सुदूरपश्चिम । कैलालीको गोदावरी नगरपालिकास्थित मोहना नदीको पानीको बहाव मापन गर्न बालकृष्ण चौधरी दिनमा पटकपटक नदी छेउमा पुग्नुहुन्छ ।‘गेज रिडर’को जिम्मेवारीमा रहेका उहाँले गोदावरी –३ को मोहना नदी छेउमा राखिएको ‘स्टाप गेज’ले देखाएको पानीको सतह बारेको जानकारी तत्कालै जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र र जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयमा गराउनुहुन्छ ।

यसबाहेक उहाँले पानीको सतह बढेका बेला तल्लो तटीय क्षेत्रका समुदायलाई पनि टेलिफोनमार्फत सम्भावित जोखिमका बारेमा समेत जानकारी गराउनुहुन्छ । “नदीमा पानीको सतह बढेको बारेमा जानकारी पाउँदा तटीय क्षेत्रका जनतालाई हुनसक्ने सम्भावित जोखिमबाट सुरक्षित भएर बस्न टेवा पुगिरहेको छ”, उहाँले भन्नुभयो, “यसले गर्दा पहिलेको तुलनमा बाढी डुबानबाट हुने मानवीय क्षति न्यूनीकरण भएको छ ।”

वर्षा भइरहँदा प्रत्येक घण्टामा नदी छेउमा पुगेर पानीको सतहको मापन गर्ने गरेको उहाँ बताउनुहुन्छ । कैलारी गाउँपालिका बिसनपुर गाउँका मानबहादुर चौधरीलाई पनि मोहना नदीमा पानीको बहाव मापन गर्न यतिबेला व्यस्तता बढेको छ । उहाँलाई कैलारी गाउँपालिका बिसनपुर क्षेत्रको मोहना नदीको भागमा पानीको सतह मापन गर्न गेज रिडरको जिम्मेवारी दिइएको छ ।

दुई दिनदेखि भइरहेको वर्षासँगै जिल्लाका ‘गेज रिडरहरु’को सक्रियता पनि बढेको छ । विपद् व्यवस्थापनका लागि सञ्चालनमा रहेको पूर्वसूचना प्रणालीअन्तर्गत खटिने ‘गेज रिडर’ले दिने सूचनाकै कारण पछिल्ला वर्षमा बाढी डुबानबाट हुनसक्ने मानवीय क्षति न्यून हुँदै गएको देखिएको छ ।

“पूर्वसूचनामा आधारित प्रणालीलाई सक्रिय बनाउँदा विपद्का बेला मानवबस्तीलाई जोगाउन केही मद्दत पुगेको छ”, उहाँले भन्नुभयो, “मानवीय क्षति कम भए पनि बर्सेनि डुबान र नदी कटानको समस्याले भने बढ्दै गएको अनुभव भएको छ ।”

पूर्वसूचना दिएर बाढी डुबान र नदी कटानको जोखिमबाट समुदायलाई जोगाउने काममा स्वयमंसेवीका रुपमा आफूहरु निरन्तर खटिरहेको भए पनि मोबाई रिचार्ज गर्ने पैसा कतैबाट पाउने नगरेको गुनासो उहाँहरुको छ ।

“सूचना आदानप्रदानका लागि मोबाइल रिचार्ज गर्न चाहिने खर्चको समस्या भइरहँदा पनि आफ्नै खर्च बेहोरेर सूचना दिन छोडेका छैनौँ”, गेज रिडर चौधरीले भन्नुभयो । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले भने गेज रिडरलाई टेलिफोन खर्चका लागि सक्दो रकमका साथै छाता, वर्षादी टर्चलाइट जस्ता सामग्रीको उपलब्ध गराउने गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “विपद् पर्दा स्थानीय तहमा रहेका विपद् व्यवस्थापन समितिसँग समन्वय गरेर उद्धार र राहत लगाएका काममा खटिन स्थानीय तहका प्रहरी इकाइलाई निर्देशन दिने गरिएको छ ।”

पूर्वसूचना प्रणालीअन्तर्गत जिल्लाका अधिकांश नदी किनारमा पानीको बहाव मापन गर्न ‘गेजमिटर’९स्टप गेज० जडान गरिएको छ भने वर्षा मापन र जलमापनका लागि जिल्लाभरि झण्डै १७ जना गेज रिडर कार्यरत रहेका छन् ।

जिल्लामा विसं २०६८ देखि सम्पूर्ण विपद्को वार्षिकरुपमा प्रतिकार्यका लागि जिल्ला विपद् व्यवस्थापन समितिले ‘जिल्ला विपद्पूर्व तयारी तथा प्रतिकार्य योजना’ तयार गरी कार्यान्वयनको अभ्यास गर्दै आएको छ ।

यस क्रममा जिल्ला प्रशासन कार्यालयले यस वर्ष प्राप्त पूर्वसूचनालगायतका आधारमा जिल्लाको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनालाई अद्यावधिक पनि गरेको छ । खासगरी उत्तरबाट दक्षिणतर्फ बग्ने पूर्वी सीमा क्षेत्रको कर्णाली नदी र पश्चिमबाट पूर्वतर्फ बग्ने दक्षिणी सीमा क्षेत्रको मोहना नदी र उत्तरबाट दक्षिणतर्फ बग्ने खुटिया, काँन्द्रा, काँडा, पथरैया, गौरीगङ्गा, मुढालगायतका नदीमा मनसुनी वर्षासँगै पानीको सतह बढ्दा नदी तटीय क्षेत्रमा जोखिम हुने गरेको छ ।

नदी तथा खोलको सतहमा बर्सेनि बालुवा र माटो थुप्रिने भई बढ्दै गएको सतहका कारण डुबानको समस्या बढ्दै गएको जनाइएको छ । जलवायु परिवर्तनका कारण सङ्कटासन्नमा परेका समुदायको अनुकूलन क्षमता अभिवृद्धि गर्न विभिन्न गैरसरकारी संस्थाको सहयोगमा विगतमा स्थानीय अनुकूलन कार्यक्रम सञ्चालन गरिएको थियो । जलवायु परिवर्तनको कारक तत्वका रुपमा नरहेको भए पनि जलवायुको असर भने झेल्दै आएको जानकारको भनाइ छ ।