८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

बाँदरबाट बाली जोगाउनै मुस्किल

बाँदरबाट बाली जोगाउनै मुस्किल
फाईल फोटो
अ अ+ अ-

बलेवा । काठेखोला गाउँपालिका–६ बिहुँका किसान यतिबेला एकाबिहानै बारीको छेउछाउमा देखिन्छन् । बिहान उठेर घरगोठको काम नसक्दै किसान बारीमा नपुगे पाक्ने बेलाको बाली नै रहन्न । बिहान उज्यालो हुँदा किसानको खेतबारीमा पुग्ने बाँदरले रात नछिपिँदासम्म छोड्दैन् । यहाँका अधिकांश किसानको दिन बाँदरसँगको लुकामारीमा बित्ने गरेको छ । खेतमा लगाएको आधाउधी मकै मात्रै घरमा भित्र्याएका किसानले बारीको बाली पनि राम्रोसँग लिन पाएनन् ।

बिहानै खेतबारीको डिलमा पुगेर दिनभर बाँदरसँग लुकामारी खेल्ने किसान साँझ डोकोभरी मकैको पोस्कर बोकेर घर फर्किन बाध्य छन् । “एक/दुई जनालाई त बाँदरले टेर्दैन, लखेट्दा लखेट्दै लान्छ पाक्ने बेलाको बाली पनि’’, बिहुँका किसान गुरुप्रसाद कँडेलले भन्नुभयोे, “बाँदर नियन्त्रण नगरे त गाउँमा बस्नै नसकिने अवस्था आयो ।’’ घरमा भित्र्याइएका अन्नबाली बाँदरले घरभित्रै पसेर मास्न थालेको उहाँको गुनासो थियो ।

बिहुँमा अधिकांश उब्जाउ हुने जमिनमा भएका जङ्गल हटाइएको छ । खेतबारीका छेउछाउमा रहेका रुखले उत्पादनमा क्षति पु¥याएको भन्दै किसान आफैँले धेरै काम नलाग्ने रुख हटाए । उब्जाउ जमिन नजिकैका रुखका कारण एकातर्फ उत्पादन घट्ने र अर्कोतर्फ बाँदरको बास बनेकाले रुख त काटियो तर समस्या भने समाधान भएको छैन ।

“पहिले पहिले यतिभाँति बाँदर आएको थाहै थिएन । एकाध दिनमा आएको बाँदर धपाउँदा जान्थ्यो’’, उहाँले भन्नुभयो, “अहिलेका बाँदर त एक्लै देखे लखेट्न आउँछन् ।’’ खेतबारीमा लगाइने धान, मकै, कोदो, गहुँ बालीका अलावा करेसाबारीमा लगाइने तरकारी बालीमा पनि बाँदरले क्षति पु¥याउने गरेको कँडेलले सुनाउनुभयो । बिहुँमा सुन्तलाको बगान धेरै छन् । सुन्तलाको याममा बगान पसेको बाँदरले उक्त बालीमा पनि क्षति गर्ने गरेको छ ।

बागलुङमा बाँदरको समस्या बिहुँमा मात्रै होइन । जिल्लाका अधिकांश किसान बाँदरको आतङ्कबाट प्रताडित छन् । हिउँदको समयमा भन्दा वर्षाको समयमा बाँदरले किसानलाई बढी पीडा दिने गरेको छ । “असारे खेतको मकै यसपाली बाँदरले नखाइ भित्र्ययाइयो तर बारीमा लगाइएको मकैमा दाना नलाग्दै बोटैबाट खोसेर लग्यो’’, जैमिनी नगरपालिका–१ की किसान गङ्गादेवी शर्माले भन्नुभयो, “महँगो बीउ मल, खेताला हालेर लगाइएको बाली बाँदर पाल्नलाई भइरहेको छ ।’’ किसानले बाँदर नियन्त्रणका लागि स्थानीय सरकारसँग हारगुहार गर्दै आएका छन् ।

जैमिनी नगरपालिकाले बितेका तीन वर्ष बाँदर नियन्त्रणका लागि कहिले कार्बन बन्दुक वितरण गर्ने त कहिले हेरालो राखेर खाजा खर्च दिने काम ग¥यो । काठेखोला गाउँपालिकाले पनि दुई वर्ष बाँदर नियन्त्रणका नाममा लाखौँ रकम खर्चेको थियो । “बाँदर नियन्त्रणका लागि ल्याइएको कार्बन पड्काउने प्लास्टिकको बन्दुकले पहिले पहिले बाँदर भाग्यो, आजभोलि त गिज्याउँछ’, जैमिनी नगरपालिका–४ का लेखनाथ शर्माले भन्नुभयो, “अब यहाँको बाँदर छोपेर निकुञ्जमा नपुर्याइ उपाय छैन ।’’ बाँदरकै समस्या देखाएर बसाइँ सरेर हिँड्ने बढेको उहाँले सुनाउनुभयो ।

पहिले गाउँ छेउमा आएका बाँदर चौतारी, पोखरीका छेउछाउमा रहेका बर पीपलका दानामा भुल्ने र त्यहीँबाट फर्किने गरेको भए पनि अहिले बाँदर सरासर घर घरमा पस्न थालेको पीडित किसानले बताए । यहाँका स्थानीय तहले बाँदर नियन्त्रणका लागि जङ्गलमा नै बाँदरका लागि आहाराको व्यवस्था गर्न विभिन्न कार्यक्रम बनाए पनि प्रभावकारी हुन सकेन । किसानको समस्यालाई मध्यनजर गरेर नै आउँदो आवमा ‘फुड फरेष्ट’ कार्यक्रम ल्याइएको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो । काठेखोला गाउँपालिका–७ ले दुई वर्ष पहिलादेखि नै जङ्गलमा फलफूलका बिरुवा रोप्न सुरु गरिसकेको छ ।

स्थानीय तहले बनाएका योजनाले दीर्घकालीन रुपमा समस्या सम्बोधन गर्ने भए पनि तत्कालका लागि किसान र बाँदरको लुकामारीले ठूलो समस्या भएको किसानको गुनासो छ ।