९ असार २०८३, मंगलवार
,
Latest
रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र ९ ठाउँबाट बाँडिदै एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक पुष्पा चौधरी थारुद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपा महाधिवेशन : प्रतिनिधिलाई परिचयपत्र वितरण सुरु, आज १ बजेदेखि बन्दसत्र ललितपुरको जावलाखेलमा बोसको अत्याधुनिक ‘ब्राण्ड स्टोर’ सञ्चालनमा डिजिटल प्लेटफर्ममा काम गर्ने श्रमिक परिभाषामा समेटिएः ऐतिहासिक ‘महासन्धि नम्बर १९३’ पारित रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रक्षा मन्त्रालयद्वारा प्रधानसेनापति शर्मालाई नियुक्ति प्रदान



अ+ अ-

काठमाडौं । रक्षा मन्त्रालयले बलाधिकृत रथी प्रभुराम शर्मालाई प्रधान सेनापतिको नियुक्ति प्रदान गरेको छ । 

कायममुकायम प्रधान सेनापतिको रुपमा कार्यरत रहेका शर्मालाई बुधबार रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालले प्रधान सेनापतिको नियुक्ति पत्र प्रदान गर्नुभएको हो ।

शर्मालाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रावण २६ गते नियुक्ति गर्नुभएको थियो ।

नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम मन्त्रीपरिषद्‌को सिफारिसमा शर्मालाई राष्ट्पति भण्डारीले भदौं २४ गतेदेखि लागु हुनेगरि प्रधानसेनापतिमा नियुक्त गर्नुभएको हो ।