२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

सर्लाही । हरिपुर्वा नगरपालिका–३ बस्ने १९ वर्षीय शुसिल रायको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा हरिपुर्वा नगरपालिका३ धनकौल बस्ने १९ वर्षीय कृष्ण भन्ने विश्वजित यादव र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

साउन १३ गते बेलुकाबाट हराई बेपत्ता भएका रायको खोजी गर्ने क्रममा सोमबार बिहान सोही ठाउँस्थित श्री राष्ट्रिय आधारभुत विद्यालय धनकौलको कम्पाउण्डको पुरानो शौचालयको सेफ्टी ट्यांकीमा धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा शव फेला परेको थियो । अनुसन्धानको क्रममा घटनामा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरू उपर कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप अनुमती लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।