८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

मध्यपुरथिमिमा घरघर र चोकचोकमा थुप्रियो फोहोर

मध्यपुरथिमिमा घरघर र चोकचोकमा थुप्रियो फोहोर
अ अ+ अ-

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाको कार्यालय नजिकै पाटी विहार अगाडि दुई सातादेखि फोहोर थुप्रिएको छ । धेरै वर्ष फोहोर फाल्ने ठाउँको रुपमा रहेको सो क्षेत्रमा केही महिना अगाडि मात्रै सफाई गरेर नगरपालिकाले निषेधित क्षेत्रको ब्यानर टाँगेर फोहोर फाल्न मनाही गरेको थियो ।

नगरपालिकाको त्यो व्यबस्था एक महिना पनि टिकेन । स्थानीयले साँझ बिहान बोरा र झोलामा ल्याएका फोहोर त्यहीँ फाल्न थालेपछि नगरपालिका कार्यालयको नाकै अगाडि फोहोर थुप्रिएको छ । सम्पदा क्षेत्रको रुपमा रहेको पाटी विहार, नेपाली कांग्रेस मध्यपुरथिमि नगर समितिको कार्यालय, कांग्रेस नगर सभापतिको घरसँगै तीन सातादेखि फोहोरको डङ्गुर लाग्दा त्यस क्षेत्रमा अहिले दुर्गन्ध फैलिएको छ ।

एकातिर वर्षामा अविरल परेको पानीले दिनानुदिन कुहिएर गन्हाउन थालेको र अर्कोतर्फ भुस्याहा कुकुरले फोहोरका बोरा र प्लाष्टिक च्यातेर सडकमा छरपष्ट गर्दा पैदल हिँड्नेलेसमेत सास्ती भोग्नुपरेको छ । “दुर्गन्धले बस्नै नसकिने भएको छ”, स्थानीय श्यामलाल बस्यालले भन्नुभयो । स्थानीयले दैलो अगाडि जथाभावी फोहोर फाल्नु, नगरपालिकाले फोहोरको डङ्गुरको व्यवस्थापन नगर्नु र ठेक्कामा प्रतिघर मासिक रु तीन सय ५० मा फोहोर सङ्कलन गर्दै आएको निजी क्षेत्र नेप्से म्याकले जिम्मेवारी बहन नगर्दा जनताले सास्ती खेप्नुपरेको छ ।

उहाँ भन्नुहुन्छ, “जथाधावी फोहोर फाल्ने यहाँका जनता पहिलो दोषी हुन्, नगरपालिकाभित्रको फोहोर व्यबस्थापन गर्न नसक्ने र निजी क्षेत्रलाई फोहोर सङ्कलनलाई दबाब दिन नसक्ने नगरपालिका अर्को दोषी हो, फोहोर सङ्कलन गर्ने जिम्मा लिएर उपभोक्तासँग मासिक रकम असुल्ने नेप्से म्याक पनि दोषी हो, यहीँ फोहोरका कारण महामारी फैलिए त्यसको जिम्मेवारी कसले लिने रु”

मध्यपुरथिमि नगरपालिका–५ सङ्गम कोलोनी क्षेत्रका बासिन्दा उत्तिकै पीडित छन् । यस क्षेत्रको फोहोर उठाउने जिम्मेवारी लिएको नेप्से म्याकले विगत दुई महिनादेखि नियमित रुपमा फोहोर सङ्कलन गरेको छैन । सातामा दुई दिन फोहोर सङ्कलन गर्दै आएपछि दुई महिनायता सातादेखि १० दिनमा आउने गरेपछि अहिले तीनसातादेखि फोहोर सङ्कलन गर्न नआउँदा फोहोर स्थानीयले जथाभावी फाल्न थालेका हुन् ।

पछिल्लो समय कुहिने र नकुहिने फोहोर छुट्याएर राखे पनि फोहोर सङ्कलन नै गर्न नआए पछि घरघरमै फोहोर कुहिएर किरा परेर दुर्गन्ध फैलिन थाले पछि जथाभावी फोहोर फाल्न थालिएको स्थानीय बताउँछन् । सङ्गम कोलोनीका विष्णुप्रसाद पराजुली नेप्से म्याकले लापर्बाही गरेको बताउनुहुन्छ । हरेक महिना पैसा लैजाने तर फोहोर नलग्ने कार्य गलत भएको भन्दै फोहोर सङ्कलनको जिम्मेवारी लिएको नेप्से म्याकले कम्तीमा कुहिने फोहोर सङ्कलन गरेर मल उत्पादन गर्ने वा डम्पिङ गर्ने व्यवस्था गर्नुपर्नेमा उपत्यकामा फोहोर उठेको छैन भन्दै जिम्मेवारीबाट पन्छिने गरेको पराजुली बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “नेप्से म्याकलाई पटक पटक फोहोर सङ्कलन गर्न आउनु भनेर फोन गरिसक्यौँ, त्यहाँका कर्मचारी उपत्यकाको फोहोर नउठी हामी लैजादैनौँ घरमै राख्नुस् भन्छन्, कुहिने फोहोरले घर गन्हाउन थालिसक्यो, भाडामा बस्नेले कहाँ राख्ने फोहोर, फोहोरको व्यवस्थापन गर्ने जिम्मेवारी नगरपालिका र नेप्से म्याकको हो, दुवै निकायले गैरजिम्मेवारीपन देखाए ।”

कोठा कोठामा फोहोर, घरघरमा फोहोर, चोक चोकमा फोहोर थुप्रिदा गर्मी र वर्षा मौसमले रोगको महामारी फैलिन सक्ने मध्यपुरथिमिका चिकित्यक डा रामदास श्रेष्ठ बताउनुहुन्छ । फोहोरको उचित व्यवस्थापन चाँडै नगरे यसबाट मानवीय स्वास्थ्यमा प्रतिकूल समस्या आउन सक्ने भन्दै उहाँले सम्बन्धित निकायको ध्यान जानुपर्ने बताउनुभयो ।रासस