२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यपुरथिमिमा घरघर र चोकचोकमा थुप्रियो फोहोर



अ+ अ-

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाको कार्यालय नजिकै पाटी विहार अगाडि दुई सातादेखि फोहोर थुप्रिएको छ । धेरै वर्ष फोहोर फाल्ने ठाउँको रुपमा रहेको सो क्षेत्रमा केही महिना अगाडि मात्रै सफाई गरेर नगरपालिकाले निषेधित क्षेत्रको ब्यानर टाँगेर फोहोर फाल्न मनाही गरेको थियो ।

नगरपालिकाको त्यो व्यबस्था एक महिना पनि टिकेन । स्थानीयले साँझ बिहान बोरा र झोलामा ल्याएका फोहोर त्यहीँ फाल्न थालेपछि नगरपालिका कार्यालयको नाकै अगाडि फोहोर थुप्रिएको छ । सम्पदा क्षेत्रको रुपमा रहेको पाटी विहार, नेपाली कांग्रेस मध्यपुरथिमि नगर समितिको कार्यालय, कांग्रेस नगर सभापतिको घरसँगै तीन सातादेखि फोहोरको डङ्गुर लाग्दा त्यस क्षेत्रमा अहिले दुर्गन्ध फैलिएको छ ।

एकातिर वर्षामा अविरल परेको पानीले दिनानुदिन कुहिएर गन्हाउन थालेको र अर्कोतर्फ भुस्याहा कुकुरले फोहोरका बोरा र प्लाष्टिक च्यातेर सडकमा छरपष्ट गर्दा पैदल हिँड्नेलेसमेत सास्ती भोग्नुपरेको छ । “दुर्गन्धले बस्नै नसकिने भएको छ”, स्थानीय श्यामलाल बस्यालले भन्नुभयो । स्थानीयले दैलो अगाडि जथाभावी फोहोर फाल्नु, नगरपालिकाले फोहोरको डङ्गुरको व्यवस्थापन नगर्नु र ठेक्कामा प्रतिघर मासिक रु तीन सय ५० मा फोहोर सङ्कलन गर्दै आएको निजी क्षेत्र नेप्से म्याकले जिम्मेवारी बहन नगर्दा जनताले सास्ती खेप्नुपरेको छ ।

उहाँ भन्नुहुन्छ, “जथाधावी फोहोर फाल्ने यहाँका जनता पहिलो दोषी हुन्, नगरपालिकाभित्रको फोहोर व्यबस्थापन गर्न नसक्ने र निजी क्षेत्रलाई फोहोर सङ्कलनलाई दबाब दिन नसक्ने नगरपालिका अर्को दोषी हो, फोहोर सङ्कलन गर्ने जिम्मा लिएर उपभोक्तासँग मासिक रकम असुल्ने नेप्से म्याक पनि दोषी हो, यहीँ फोहोरका कारण महामारी फैलिए त्यसको जिम्मेवारी कसले लिने रु”

मध्यपुरथिमि नगरपालिका–५ सङ्गम कोलोनी क्षेत्रका बासिन्दा उत्तिकै पीडित छन् । यस क्षेत्रको फोहोर उठाउने जिम्मेवारी लिएको नेप्से म्याकले विगत दुई महिनादेखि नियमित रुपमा फोहोर सङ्कलन गरेको छैन । सातामा दुई दिन फोहोर सङ्कलन गर्दै आएपछि दुई महिनायता सातादेखि १० दिनमा आउने गरेपछि अहिले तीनसातादेखि फोहोर सङ्कलन गर्न नआउँदा फोहोर स्थानीयले जथाभावी फाल्न थालेका हुन् ।

पछिल्लो समय कुहिने र नकुहिने फोहोर छुट्याएर राखे पनि फोहोर सङ्कलन नै गर्न नआए पछि घरघरमै फोहोर कुहिएर किरा परेर दुर्गन्ध फैलिन थाले पछि जथाभावी फोहोर फाल्न थालिएको स्थानीय बताउँछन् । सङ्गम कोलोनीका विष्णुप्रसाद पराजुली नेप्से म्याकले लापर्बाही गरेको बताउनुहुन्छ । हरेक महिना पैसा लैजाने तर फोहोर नलग्ने कार्य गलत भएको भन्दै फोहोर सङ्कलनको जिम्मेवारी लिएको नेप्से म्याकले कम्तीमा कुहिने फोहोर सङ्कलन गरेर मल उत्पादन गर्ने वा डम्पिङ गर्ने व्यवस्था गर्नुपर्नेमा उपत्यकामा फोहोर उठेको छैन भन्दै जिम्मेवारीबाट पन्छिने गरेको पराजुली बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “नेप्से म्याकलाई पटक पटक फोहोर सङ्कलन गर्न आउनु भनेर फोन गरिसक्यौँ, त्यहाँका कर्मचारी उपत्यकाको फोहोर नउठी हामी लैजादैनौँ घरमै राख्नुस् भन्छन्, कुहिने फोहोरले घर गन्हाउन थालिसक्यो, भाडामा बस्नेले कहाँ राख्ने फोहोर, फोहोरको व्यवस्थापन गर्ने जिम्मेवारी नगरपालिका र नेप्से म्याकको हो, दुवै निकायले गैरजिम्मेवारीपन देखाए ।”

कोठा कोठामा फोहोर, घरघरमा फोहोर, चोक चोकमा फोहोर थुप्रिदा गर्मी र वर्षा मौसमले रोगको महामारी फैलिन सक्ने मध्यपुरथिमिका चिकित्यक डा रामदास श्रेष्ठ बताउनुहुन्छ । फोहोरको उचित व्यवस्थापन चाँडै नगरे यसबाट मानवीय स्वास्थ्यमा प्रतिकूल समस्या आउन सक्ने भन्दै उहाँले सम्बन्धित निकायको ध्यान जानुपर्ने बताउनुभयो ।रासस