२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

यहाँ पाईन्छ पेटभरी २० रुपैयामा खाना



अ+ अ-

बाँके । भेरी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित र अन्य रोगका बिरामी तथा कुरुवालाई रु २० मै खाना उपलब्ध भएपछि उनीहरूका आफन्तलाई राहत मिलेको छ । अस्पताल परिसरमै प्रतिछाक रु २० मा भरपेट खाना उपलब्ध भएपछि बिरामीका कुरुवालाई होटल खोज्दै हिँड्नुपर्ने समस्याको अन्त्य भएको छ । 

अस्पतालमा उपचारका लागि आउने बिरामी र कुरुवाका लागि श्री सुन्दरकाण्ड मित्र मण्डलले अञ्जनी माता रसोइका नामबाट साँझ, बिहान दुवै छाक भरपेट खाना खुवाउन शुरु गरेको हो । सुरुआती चरणमा बिहानको छाक मात्रै रु २० मा खुवाउँदै आएकामा कोरोनाका कारण दुःख पाएकालाई साँझको खाना पनि खुवाउन सुरु गरिएको सुन्दरकाण्ड मित्र मण्डलका संरक्षक विजय गुप्ताले बताउनुभयो ।

धार्मिक एवं मानवीय भावनाले साँझ, बिहान खानाको व्यवस्था गर्दै आएको सुन्दरकाण्ड मित्र मण्डलीद्वारा सञ्चालित अञ्जनी माता रसोइ घरलाई सहयोग गर्ने दाताको सङ्ख्या पनि बढ्दै गएको छ । बाँकेको रैथाने कुर्मी समुदायको संस्था ‘कुर्मी–बर्मा सहयोगी हात’ बाँकेद्वारा अञ्जनी माता रसोइ घरलाई खाद्यान्न सहयोग गरिएको छ । उक्त संस्थाले चामल पाँच क्विन्टल, दाल ५० किलो, पिठो ५० किलो, आलु एक क्विन्टल, तोरीको तेल १० लिटर, नून २० पोका, सख्खर ४० किलो र खानेपानी ५० पेटी गरी ६० हजार मूल्य बराबरको खाद्यान्न सहयोग गरेको छ । सेवाको निरन्तरताका लागि खाद्यान्न सहयोग गरिएको समाजका अगुवा तथा समाजसेवी केशवराम बर्माले बताउनुभयो ।

यसअघि अञ्जनी माता रसोइलाई कशौधन वैश्य समाज, कसौधन वैश्य समाज युवा मञ्च र महिला मञ्चले खाद्यान्न सहयोग पनि गरेको थियो । कसौधन वैश्य समाजका अध्यक्ष नन्दलाल वैश्यको अगुवाइमा रसोइका सञ्चालकलाई २५ बोरा चामल, दुई बोरा अरहरको दाल, दुई बोरा सोयाविन, दुई बोरा आयोडिन नून र एक बोरा आलु हस्तान्तरण गरिएको छ । नेपालगञ्जको कारकाँदो निवासी कपिल नेपालले पाँच बोरा चालम र एक बोरा दाल सहयोग गर्नुभएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले उक्त रसोइ घरलाई मासिक रु एक लाख उपलब्ध गराउँदै आएको छ ।