८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

कतै आम उपभोक्तालाई ठगी त गर्नुभएको छैन ? कारबाहीमा पर्नुहोला नि !

कतै आम उपभोक्तालाई ठगी त गर्नुभएको छैन ? कारबाहीमा पर्नुहोला नि !
अ अ+ अ-

काठमाडौँ । तपाइँले व्यापार–व्यवसायको सिलसिलामा कतै आम उपभोक्तालाई ठगी त गर्नुभएको छैन ? ठगी गरेको भए कारबाही पर्नुहोला । गुणस्तर तथा नापतौल कार्यालयले उपभोक्ता ठगी गर्ने १३ कम्पनी तथा ट्याक्सी चालकविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको छ ।

कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा उपभोक्ता ठगी गर्ने काभ्रेपलाञ्चोक भकुण्डेबेँसीको पशुपति आयल स्टोर्स, नुवाकोटस्थित वनदेवी आयल स्टोर्स, चन्द्रागिरि दहचोकमा रहेको शुभशोप एन्ड केमिकल उद्योग, बालाजुस्थित राजेश हार्डवेयर, काभ्रेपलाञ्चोकको चण्डेश्वरी डेरी फर्म रहेका छन् ।

यस्तै, भक्तपुरको सूर्यविनायकमा रहेको चम्पकेश्वर हार्डवेयर, कालीमाटीमा रहेको एचआर ट्रेड लिङ्क, काठमाडौँको मूलपानीस्थित जी एन्ड जी हार्डवेयर, इन्टरनेशनल सिमेन्ट प्रालि वीरगञ्ज र चारवटा ट्याक्सी चालकविरुद्ध मुद्दा दर्ता गरेको हो ।

कार्यालयका सूचना अधिकारी एवम् निरीक्षक निराजन पुडासैनी चालु आर्थिक वर्षमा २८ एकल अनुगमन तथा ९९ संयुक्त अनुगमनका क्रममा ठगी गर्ने १३ कम्पनी तथा ट्याक्सी चालकविरुद्ध मुद्दा दायर गरिएको बताउनुहुन्छ ।

कुन कम्पनीलाई कस्तो जरिवाना माग ?

गुणस्तर तथा नापतौल कार्यालयले काभ्रेपलाञ्चोकको भकुण्डेबँेसीमा रहेको पशुपति आयल स्टोर्सले १० लिटर पेट्रोलियम पदार्थ बिक्रीवितरण गर्दा दुई सय ५० मिलीलिटरसम्म घटी बेचेकाले कारबाही गरेको हो । उक्त आयल स्टोर्सलाई वाणिज्य विभागले रु दुई लाख जरिवाना गरिसकेको छ भने नापतौल कार्यालयले एक वर्ष कैद र रु १० हजारसम्म जरिवाना माग गरी मुद्दा दर्ता गरेको छ ।

नुवाकोटमा रहेको वनदेवी आयल स्टोर्सले डिजेल तथा पेट्रोल पम्पमा गुणस्तर तथा नापतौल कार्यालयले लगाएको सिल छिनाएर डिजेल तथा पेट्रोल बिक्रीवितरण गरेकाले नापतौल कार्यालयले तीन वर्ष कैद र ३० हजारसम्म जरिवाना माग गरी अदालतमा मुद्दा दर्ता गरेको सूचना अधिकारी पुडासैनीले बताउनुभयो ।

चन्द्रागिरि नगरपालिका–१ दहचोकमा सञ्चालित शुभशोप एन्ड केमिकल उद्योगले नाङ्गो साबुन उत्पादन गरेर बिक्रीवितरण गर्दा उक्त साबुनको तौल तथा लेभल नराखेर बिक्रीवितरण गरेको भन्दै एक वर्ष कैद र रु १० हजारसम्म जरिवाना माग गरी मुद्दा दर्ता गरेको छ । सो उद्योगले तराजुसमेत दर्ता नगरी सञ्चालन गरेको पाइएको नापतौल कार्यालयले जनाएको छ ।

बालाजुमा रहेको राजेश हार्डवेयरले बिक्रीवितरण गरेको फलाम ९कृष्ण मेटल०मा बिलभन्दा कम तौल बिक्री गरेकाले नापतौल कार्यालयले कारबाहीस्वरुप अदालतमा मुद्दा दायर गरेको हो । उक्त हार्डवेयरलाई वाणिज्य विभागले समेत रु तीन लाख जरिवाना गरिसकेको छ भने नापतौल कार्यालयले एक वर्ष कैद र रु १० हजारसम्म जरिवाना माग गरी मुद्दा दर्ता गरेको छ ।

काभ्रेपलाञ्चोकमा सञ्चालित चण्डेश्वरी डेरी फर्मले उत्पादन गरेको घ्यूको बट्टामा उत्पादन मिति, तौल नराखी बिक्रीवितरण गरेकाले कारबाही गरेको हो । सो डेरीले नापतौल यन्त्रसमेत दर्ता नगरी सञ्चालनमा ल्याएको सूचना अधिकारी पुडासैनीले बताउनुभयो । उक्त डेरीले गरेको ठगी हेलो सरकारमार्फत नापतौल कार्यालयलाई उजुरी आएको थियो । उक्त डेरीलाई एक वर्ष कैद र रु १० हजारसम्म जरिवाना माग गरी काभ्रे जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको नापतौल कार्यालय काठमाडौँले जनाएको छ ।

भक्तपुरको सूर्यविनायकमा सञ्चालित चम्पकेश्वर हार्डवेयरले तराजु दर्ता नगरी हार्डवेयरका सामग्री बिक्रीवितरण गरेकाले कारबाही गरिएको नापतौल कार्यालयले जनाएको छ । उक्त हार्डवेयरलाई एक वर्ष कैद र रु १० हजारसम्म जरिवाना माग गरी अदालतमा मुद्दा दर्ता गरेको छ । काठमाडौँको कालीमाटीमा सञ्चालित एचआर ट्रेड लिङ्कले तोकिएको तौलभन्दा कम तौल चामल बिक्रीवितरण गरी ठगी गरेकाले नापतौल कार्यालयले कारबाही गरेको हो । उक्त कम्पनीले तराजुसमेत दर्ता नगरेको फेला परेको छ । सो कम्पनीविरुद्ध नापतौल कार्यालयले एक वर्ष कैद र रु १० हजारसम्म जरिवाना माग गरी मुद्दा दर्ता गरेको छ ।

काठमाडौँको मूलपानीमा सञ्चालित जी एन्ड जी हार्डवेयरले तराजु दर्ता नगरी सामान बिक्रीवितरण गरेकाले कारबाही गरेको हो । उक्त हार्डवेयरलाई एक वर्ष कैद र रु १० हजारसम्म जरिवाना माग गरी नापतौल कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको छ ।

वीरगञ्जमा सञ्चालित इन्टरनेशनल सिमेन्ट प्रालिले तौलभन्दा घटी सिमेन्ट बिक्रीवितरण गरी ठगी गरेकाले कारबाही गरिएको नापतौल कार्यालयले जनाएको छ । सो सिमेन्ट कम्पनीलाई नापतौल कार्यालयले एक वर्ष कैद र रु १० हजारसम्म जरिवाना माग गरी मुद्दा दर्ता गरेको छ । यसबाहेक चारवटा ट्याक्सी चालकविरुद्ध पनि नापतौल कार्यालयले कारबाहीको माग गरी अदालतमा मुद्दा दर्ता गरेको छ । कार्यालयले बा१ज १५०३, बा १ज४७४९, बा१ज १६६७ र बा१ज ८८८२ नंको ट्याक्सीविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको हो ।

कार्यालयका सूचना अधिकारी पुडासैनीले पाँच वर्षसम्म नवीकरण नगरी ट्याक्सी चलाएको, दिउँसै रातिको भाडा लिएर ९डेडी हानेको०, मिटर बिगारेर ट्याक्सी चलाएर उपभोक्ता ठगी गरेकाले अदालतमा मुद्दा दर्ता गरेको जानकारी दिनुभयो । उक्त ट्याक्सीविरुद्ध एक वर्षदेखि तीन वर्षसम्म कैद र रु १० हजारदेखि ३० हजारसम्म जरिवाना माग गरी मुद्दा दर्ता गरेको नापतौल कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख राकेशकुमार झा जानीजानी सेवाग्राहीलाई ठगी गर्ने क्रम बढेकाले कार्यालयले कारबाहीस्वरुप उक्त कम्पनी तथा ट्याक्सी चालकविरुद्ध मुद्दा दायर गरेको बताउनुहुन्छ । “आम उपभोक्तालाई ठगी गर्ने जोकोहीलाई कारबाहीको दायरामा ल्याउछौँ,” उहाँ भन्नुहुन्छ । सो कार्यालयले आव २०७८/७९ मा रु एक करोड ८५ लाख ५४ हजार तीन सय ७८ राजश्व सङ्कलन गरेको छ । रासस