२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङमा कोरोना महामारीका समग्रीहरु प्रयोगविहीन



अ+ अ-

तुलसीपुर । दाङका कोरोना अस्पतालहरुका केही सामग्री नियमित प्रयोगमा आइरहेका छन् भने केही सामग्री प्रयोगमा आउन सकेका छैनन् । बेलझुण्डीस्थित कोरोना विशेष अस्पताल हाल राप्ती प्रादेशिक अस्पतालको कोरोना इकाइका केही सामग्री त्यतिकै थन्काएर राखिएको छ ।

कोरोना इकाइका इञ्चार्ज सुष्मा वलीका अनुसार कोरोना महामारीका बेला चलेको अस्पताको भेन्टिलेटर अहिले भने ठप्प अवस्थामा छ । आइसियुमा भने दम लगायतका बिरामीलाई राखेर उपचार गर्ने गरिएको छ । कोरोना आइसोलेशनमा अहिले उच्च सुरक्षा कक्षका रुपमा सञ्चालित रहेको छ । “भेन्टिलेटर चल्न सकेको छैन”, उहाँले भन्नुभयो, “आइसियु कक्ष भने नियमित सञ्चालित छ ।”

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जिल्लाभन्दा बाहिरका समेत स्वाब पिसिआर परीक्षण गर्ने गरिएको थियो । परीक्षण गर्ने मेशिन अहिले पनि सञ्चालित छ । अस्पतालका सूचना अधिकारी निशानदाजु भट्टराईका अनुसार वैदेशिक रोजगारमा जानेहरु, बिरामीहरु, एक ठाउँबाट अर्को ठाउँमा जानेहरुका लागि पिसिआर परीक्षण गर्ने गरिएको छ । दैनिक सात/आठ जनाको यसरी स्वाब परीक्षण हुने गरेको उनको भनाइ छ । आइसियुलगायतका अन्य सामग्री भने नियमित प्रयोग भइरहेको सूचना अधिकारी भट्टराइको भनाइ छ ।

तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको मेट्रो अस्पतालको आइसोलेशन भने अहिले प्रायः प्रयोगविहीन हुने गरेको छ । मेट्रो अस्पतालमा ४० शय्याको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याइएको थियो । तर त्यो सेन्टर अहिले सुनसान जस्तै देखिन्छ । आइसोलेशन सेन्टरमा रहेका आइसियु शय्याहरु खाली छन् ।

कहिलेकाहीँ दमका बिरामी आएमा आइसोलेशन सेन्टरमै अक्सिजन दिएर राख्ने गरिने भए पनि प्रायः जसो ताला लगाएर राख्नुपर्ने अवस्था रहेको अस्पतालका स्टोर प्रमुख रोमहर्स केसीले बताउनुभयो । “कहिलेकाहीँ दम लगायतका बिरामीहरु आउँछन्, उनीहरुलाई राखेर उपचार गर्ने गरिएको छ”, उहाँले भन्नुभयो, “नत्र प्रायः सुनसान जस्तै हुन्छ ।” दाङमा प्रतिष्ठान, बेलझुण्डी अस्पताल र तुलसीपुर उपमहानगरपालिकाको मेट्रो अस्पतालमा कोरोना आइसोलेशन निर्माण गरिएको थियो ।