८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

चौधर नदीको बाढीले कञ्चनपुरको सार्कीपार्की गाउँ उच्च जोखिममा

चौधर नदीको बाढीले कञ्चनपुरको सार्कीपार्की गाउँ उच्च जोखिममा
अ अ+ अ-

कञ्चनपुर । चौधर नदीको बाढीले बेदकोट नगरपालिका–४ सार्कीपार्की गाउँका बासिन्दाको जग्गा कटानी गरी बगाउन थालेको छ । नदीको बाढीले जग्गा कटान गर्दा स्थानीय क्रिसन भुलको परिवार विस्थापनमा परेको छ ।

सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाको सहयोगमा भुलको कच्ची घरलाई आज सुरक्षित स्थानमा सारिएको छ । चुरे क्षेत्रमा रातिका बेला वर्षा हँुदा नदीमा बाढी आउँदा भुलको घर उच्च जोखिममा परेपछि सुरक्षित स्थानमा सारिएको स्थानीय राजुराम भुलले बताउनुभयो । गाउँ जोड्ने सडकसमेत बाढीले बगाइदिएको छ ।

उहाँका अनुसार बस्तीका ११ परिवार नदीको उच्च जोखिममा रहेका छन् । चारवटा घर नदीबाट चार मिटर टाढा मात्रै रहेका छन् । “जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने कार्यमा लागेका छौँ”, उहाँले भन्नुभयो, “विस्थापनमा परेका परिवार आफन्तको शरणमा बसेका छन् ।” नदीको बाढीको बहाव घटे पनि जोखिम कायमै रहेको उहाँले बताउनुभयो ।

स्थानीय हरिश भुल, रगी भुल, विस्ना भुल, मदन भुल, उत्तरे भुल, दानी भुल, ठेसे भुल, विरमा भुल, छाला प्रशोधन केन्द्र र ज्ञान ज्योति बालविकास केन्द्र नदीले जग्गा कटान गर्दा उच्च जोखिमा परेका छन् ।

जनताको तटबन्ध कार्यालयबाट एक हजार पाँच सय बोरी ल्याएर नदीमा अस्थायी तटबन्ध निर्माणको कार्य सुुरु गर्ने भने पनि नदीको बहाव उच्च हुँदा अस्थायी तटबन्ध निर्माण अगाडि बढाउन नसकिएको स्थानीय बासिन्दाले बताउनुभयो ।

नदीको बहाव परिवर्तन गर्नका लागि नगरपालिकाले स्काभेटर पठाउन लागेको जानकारी दिए पनि अहिलेसम्म नपुगेको स्थानीय बासिन्दाको भनाइ छ । “सशस्त्र प्रहरीले समेत अस्थायी तटबन्ध निर्माणमा सहयोग गर्ने भनेका छन्”, स्थानीय रगीले भन्नुभयो, “नदीमा पानीको बहाव उच्च भएकाले सशस्त्र प्रहरीको टोली अहिले फिर्ता भएको छ ।” चुरे क्षेत्रमा पानी पर्दा बस्ती नै सार्नुपर्ने अवस्थामा पु¥याएको उल्लेख गर्नुहँुदै उहाँले तराईमा ठूलो पानी परे बस्ती नै छाडेर भाग्नुपर्ने अवस्था रहेको जानकारी दिनुभयो ।

नदीको बाढीले हालसम्म पार्कीटोलका धुर्पु पार्की, दिलु ओड, गेडे पार्की, धनगिरी ओड लगायतको पाँच बिघा बढी जग्गा बगाएर बगरमा परिणत गरेको छ । धान, मास, तिललगायत रोपेको खेतबारी नदीले बगाउँदा स्थानीय बासिन्दा निकै चिन्तित भएका छन् । चुरे क्षेत्रमा वर्षा हुन थालेपछि सार्कीपार्की टोलका बासिन्दा रातिका बेला अनिदोमै रात बिताउने गरेका छन् ।

वर्षा हुन थालेपछि नदीमा बढी आउने डरले घर छाडेर बालबालिकासहित सुरक्षित हुनका लागि आफन्त कहाँ शरण माग्न जानुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दा बताउनुहुन्छ । बस्तीमा नदीको बाढी पस्ने भएकाले कटानीसँगै डुबानको समस्या रहेको छ । स्थानीय बासिन्दाले बस्ती सुरक्षित गर्नका लागि सम्बन्धित निकायसँग आग्रहसमेत गरेका छन् ।