६ श्रावण २०८३, बुधबार
,
Latest
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीयसँगको सहमतिपछि फोहोर उठ्न थाल्यो



अ+ अ-

काठमाडौं । महानगरीय प्रहरी वृत्त बालाजुमा स्थानीय र काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागसँग भएको १४ बुँदे सहमतिपछि हिजो बुधबारबाट उपत्यकाको फोहोर उठ्न थालेको छ ।

स्थानीयसँग मंगलबार राति भएको सहमतिमा १५ दिनभित्र तीनपिप्ले–सिसडोल सडक ग्राभेल गरी तत्काल टेन्डर गरी कालोपत्रे गर्नुपर्ने, फोहोर ढुवानी गर्ने सवारीसाधनले लिचेड बक्सको व्यवस्था गर्नुपर्ने, फोहोर ढुवानी गर्ने सवारीलाई बिहान ४ देखि दिउँसो ४ बजेसम्म मात्र अनुमति दिने व्यवस्था गर्नुपर्ने र त्यसका लागि टाइम कार्डको व्यवस्था गर्नुपर्ने, तीनपिप्ले–सिसडोल खण्डको जग्गाको कित्ताकाट गरी मुआब्जा दिने विषयमा कामपा मेयरसँग छलफल गर्नेलगायत रहेको छ ।

त्यस्तै, फोहोर ढुवानी गर्ने सवारीसाधन सफा गरेर मात्र पार्किङ गर्नुपर्ने, स्थानीय प्रभावित क्षेत्रका विद्यालय र संघ संस्थालाई खेलकुद व्यवस्थापन गर्न सहयोग गर्नुपर्ने, महालक्ष्मी मन्दिर क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गर्नुपर्ने, सवारी चालकको स्वास्थ्य परीक्षण गर्नुपर्ने र सडक छेउमा वृक्षरोपण गर्नुपर्नेमा पनि सहमति भएको छ ।

करिब एक महिनासम्म फोहोर उठ्न नसकेर राजधानी काठमाडौंसहित २० स्थानीय तह दुर्गन्धित भएपछि सरकारको ध्यानाकर्षण भएको थियो । फोहोर व्यवस्थापनमा समस्या देखिएपछि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेख्नुभएपछि प्रधानमन्त्री देउवाले सरोकारवाला निकायलाई तत्काल समस्या समाधान गरी फोहोर व्यवस्थापन गर्न निर्देशन दिएको समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।