२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मीमा छपन्न छोरीले पाए दुई लाख ८० हजार



अ+ अ-

तम्घास । गुल्मीको कालीगण्डकी गाउँपालिकामा गत आर्थिक वर्षमा जन्मिएका ५६ छोरीले रु कूल रु दुई लाख ८० हजार पाएका छन् ।

गाउँपालिकाको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा छोरी जन्मिए आर्थिक सहायता दिने उल्लेख गर्दै कार्यपालिका बैठकले जन्मिएका छोरीकै नाममा जनही रु पाँच हजार प्रदान गर्ने निर्णय गरेको थियो । त्यसैअनुसार पालिकाले गत आर्थिक वर्षमा पालिकाभित्र जन्मिएका छोरीहरुका लागि रु पाँच हजारका दरले कूल रु दुई लाख ८० हजार उपलब्ध गराएको हो ।

उनीहरुको बैंक खाता खोली रकम बैंकमा नै जम्मा गरिएको छ । जन्मदर्ता र वडाको सिफारिसको आधारमा रकम प्रदान गरिएको गाउँपालिकाकी उपाध्यक्ष मञ्जु दर्लामीले जानकारी दिनुभयो । “छोरी भए गर्भपतन गराउने प्रचलन अझै छ ।” उहाँले भन्नुभयो, “उक्त रकमले छोरीको वृद्धि विकासमा सानो भए पनि सहयोग पुग्नेछ ।”

यो कार्यक्रमलाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिन रु पाँच लाख विनियोजन गरिएको उपाध्यक्ष दर्लामीले बताउनुभयो ।