४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाँगुनारायण मन्दिरमा भक्तजनको घुइँचो



अ+ अ-

काठमाडौं । नाग पञ्चमीको अवसरमा आज भक्तपुरको चाँगुनारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीको दिन चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो घुइँचो लाग्ने गर्छ ।

नेवार समुदायमा चाँगुनारायणको दर्शन गरेर मात्र घरको मूलढोकामा नागको तस्वीर टाँस्ने परम्परा रही आएको छ । यसरी नागको तस्वीर टाँस्नाले नाग र सर्पको भएबाट मुक्त हुने धार्मिक विश्वास रहेको छ ।

आज चाँगुनारायण मन्दिरलगायत भक्तपुरको वाखुपति नारायण र तिलमाधव नारायण, कमलविनायकको नारायण मन्दिरमा दर्शनार्थीको भीड लागेको छ ।