१८ असार २०८३, बिहीबार
,
Latest
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप पोखरा महानगरको बजेट पारित ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ सरकारका १०० दिनः अर्थतन्त्रमा ‘मिसन मोड’ को राजनीतिक परीक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआरएनएको अध्यक्षमा तीन जनाको उम्मेदवारी : प्रतिनिधिहरुको रोजाईमा रबिना



अ+ अ-

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समिति आइसीसीको आगामी अक्टोबरमा हुने १० औं महाधिवेशनमा अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दिने भएका छन्। रबिना थापा, बद्री केसी र कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् । थापा र आर्चाय प्रजातान्त्रिक समुहका हुन् भने केसी नेकपा एमाले केपी ओली समुहका हुन् । तीन प्रतिस्पर्धीमध्ये थापा बलियो उम्मेदवार हुन् । 

अमेरिका निवासी थापा, आइसीसी २०१९ देखि २०२१ को उपाध्यक्ष हुन् । त्यसअघि थापा २०१५ देखि २०१७ अमेरिकाको एनसीसीको उपाध्यक्ष थिइन् । थापालाई विभिन्न संघ संस्था हाकेको राम्रो अनुभव समेत छ ।  थापालाई युवा र महिलाको साथ र समर्थन छ । थापाले नेपाली जनसम्पर्क समिति जापानको संस्थापक तथा अमेरिकाको संस्थापक सदस्यमा रही काम गरिसकेकी छिन् ।

अध्यक्षकी उम्मेदवार थापाले आफु आइसीसीको अध्यक्षमा सक्षम र योग्य उम्मेदवार रहेको भन्दै  उम्मेदवारी दिने जानकारी दिएकी छन् । उनले भनिन्, ‘मेरो उम्मेदारी कुनै प्रकारको बार्गेनिङ होइन् ।’ उनले बिश्वभरि रहेका नेपाली युवा तथा महिलाको साथ र समर्थनमा आफूले उम्मेदवारी दिन लागेको प्रष्ट पारिन् । 

‘यो १८ वर्षको इतिहास हेर्दा आइसीसीको अध्यक्ष पुरुषले मात्र हाक्नु भएको छ,अब पालो महिला हो,’ थापाले भनिन् । उनले आफ्नो उम्मेदवारीविरुद्ध मनगढन्ते हल्ला र भ्रम फैलाइएको बताइन । ‘विभिन्न सञ्चार माध्यममा जुन प्रकारका मेरो उम्मेदवारी फिर्ता भनेर हल्ला र भ्रम फैलाइएको छ, त्यसको पछि नलाग्न सबैलाई आग्रह गर्छु ।’  

विभिन्न देशका प्रतिनिधिबाट समर्थन
२०२१–०२३ का आइसीसीका सचिव पदका प्रत्यासी शंकर खड्का रबिना आफैमा स्वभाविक रुपमा अहिलेको अध्यक्षको उम्मेदवार भएको बताउँछन् । सबैमा मिलाएर लैजान सक्ने क्षमता रबिनामा रहेको उनले बताए ।  ‘महिलालाई अगाडी लैजाने बोलीमा मात्र सिमित भयो तर व्यवहारमा कार्यान्वयन भएन्,’उनले भने ।

अहिले सबैलाई मिलाएर लैजान सक्ने सक्षम र योग्य महिला आइसीसीको अध्यक्षमा उठ्छु भन्दा किन साथ नदिने त ? उनले प्र्रश्न गरे । महिलालाई अगाडी बढ् भन्ने तर अगाडी बढ्न खोज्दा खुट्टा तान्ने प्रवृत्ति हटाउनु पर्ने उनको भनाई छ ।

यसैगरी, २०२१–०२३ का आइसीसीका महासचिव पदका प्रत्यासी विनय अधिकारी रबिना एक सक्षम योग्य महिला भएकाले उहाँलाई सबैले सहयोग गर्नुपर्ने बताउँछन् ।  उनका अनुसार एनआरएनमा महिला नेतृत्वको विषय भाषणमा मात्र सिमित भएको थियो । ‘तर अब एक महिला अगाडी बढ्न खोज्नु भएको छ, उहाँलाई साथ दिएर व्यवहारमा कार्यान्वयन गर्ने मौका हामीले पाएका छौँ । त्यो गुमाउँनु हुदैन् ।’