२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सैनिक जवान ढकाललाई २५ वर्ष कैद



अ+ अ-

काठमाडौं । नेपाल सेनाका हुद्दा भरत गुरुङको हत्या आरोपमा सैनिक जवान गंगाधर ढकाललाई जन्मकैद फैसला सुनाइएको छ। ढकाललाई सैनिक अदालतले २५ वर्ष कैद सजाय सुनाएको हो।

सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलका अनुसार जिल्ला अदालत चितवनको आदेशमा सेनाको कोर्ट अफ इन्क्वायरी प्रतिवेदनको आधारमा सैनिक जवान ढकाललाई जन्मकैद फैसला भएको हो। 

बुधबार सैनिक अदालतले ढकालविरूद्ध फैसला गरेको थियो। हुद्दा गुरुङको साउन ७ गते भरतपुर महानगरपालिका(१७ शारदानगरस्थित सिमल डाँडामा  हत्या भएको थियो।

अनुसन्धानका क्रममा गुरुङलाई ढकालले एसएमजी हतियारबाट गोली प्रहार गरी हत्या गरेको खुलेको थियो। 

सेनाले सो घटनामा भदौ ९ गते समरी जनरल सैनिक अदालत गठन गरेको थियो।

ढकाललाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य रहने फैसला पनि भएको पौडेलले बताए।