२७ भाद्र २०८३, शनिबार
,
Latest
पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिममा चार लाख नागरिकलाई कोरोनाविरुद्धको पूर्ण खोप



अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाउने नागरिकको सङ्ख्या चार लाख नाघेको छ । सामाजिक विकास मन्त्रलायको तथ्याङ्कअनुसार छ लाख एक हजार १५ जनाले पहिलो मात्रा र चार लाख एक हजार ३३ जनाले पूर्ण खोप लगाएका हुन् ।  

मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीका अनुसार प्रदेशमा रहेका नौ जिल्लामध्ये सबैभन्दा बढी कैलालीका र सबैभन्दा कम बाजुराका नागरिकले कोरोनाविरुद्धको खोप पाएका छन् । कैलालीका एक लाख ५५ हजार ५१० जनाले पूर्ण खोप पाएका हुन् भने बाजुराका सात हजार २१३ जनाले पूर्ण खोप लगाएका हुन् । 

यस्तै कञ्चनपुरमा ८७ हजार ५८, बैतडीमा ३५ हजार ५२६, डोटीमा ३१ हजार ३८९, अछाममा ३० हजार ६७०, बझाङमा २२ हजार ५७, दार्चुलामा १९ हजार ४४८ र डडेल्धुराका १२ हजार १६२ जनाले पूर्ण खोप पाएका हुन् । 

यहाँका नागरिकलाई कोभिसिल्ड, अस्ट्राजेनेका, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप लगाइएको हो । प्रदेशमा हाल पनि कोरोनाविरुद्धको खोप लगाउने क्रम जारी रहेको जनाइएको छ । सुदूरपश्चिमसहित देशभरि नै गत माघ १४ गतेदेखि नै कोरोना भाइरसविरुद्धको अभियान सुरु गरिएको थियो ।