२७ भाद्र २०८३, शनिबार
,
Latest
पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले गर्यो एआईजीहरूको सरुवा, को कहाँ ?



अ+ अ-

काठमाडौं । सरकारले नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को सरुवा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री शेर बहादुर देउवाले बुधबार मन्त्रिपरिषद्को बैठक डाकेर एआईजीहरूको सरुवा गर्ने निर्णय गराएका हुन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको सिफारिसमा एआईजीहरूको सरुवा गरेको स्रोतले जनाइएको छ । मन्त्रिपरिषद्को बैठकपछि यसबारे जानकारी नदिई निर्णय गोप्य राखिएको थियो । 

अपराध अनुसन्धान विभागमा रहेका एआईजी विश्वराज पोखरेललाई मानव स्रोत एवं प्रशासन विभागमा सरुवा गरिएको छ भने एआईजी हरि पाल महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) मै यथावत रहेका छन् । 

विश्वराज पोखरेलको ठाउँमा एआईजी प्रधुम्न कार्कीलाई पठाइएको बताइएको छ । प्रधुम्न कार्कीको ठाउँमा निरज शाहीको सरुवा भएको छ । भर्खरै एआईजीमा बढुवा भएका सहकुल थापालाई कार्य विभाग प्रमुखका रुपमा पदस्थापन गरिएको छ ।

तात्कालीन केपी ओली सरकारले गरेका सरुवा रोकेर देउवा सरकारले उनीहरूको सरुवा गरेको हो ।