२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले गर्यो एआईजीहरूको सरुवा, को कहाँ ?



अ+ अ-

काठमाडौं । सरकारले नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को सरुवा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री शेर बहादुर देउवाले बुधबार मन्त्रिपरिषद्को बैठक डाकेर एआईजीहरूको सरुवा गर्ने निर्णय गराएका हुन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको सिफारिसमा एआईजीहरूको सरुवा गरेको स्रोतले जनाइएको छ । मन्त्रिपरिषद्को बैठकपछि यसबारे जानकारी नदिई निर्णय गोप्य राखिएको थियो । 

अपराध अनुसन्धान विभागमा रहेका एआईजी विश्वराज पोखरेललाई मानव स्रोत एवं प्रशासन विभागमा सरुवा गरिएको छ भने एआईजी हरि पाल महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) मै यथावत रहेका छन् । 

विश्वराज पोखरेलको ठाउँमा एआईजी प्रधुम्न कार्कीलाई पठाइएको बताइएको छ । प्रधुम्न कार्कीको ठाउँमा निरज शाहीको सरुवा भएको छ । भर्खरै एआईजीमा बढुवा भएका सहकुल थापालाई कार्य विभाग प्रमुखका रुपमा पदस्थापन गरिएको छ ।

तात्कालीन केपी ओली सरकारले गरेका सरुवा रोकेर देउवा सरकारले उनीहरूको सरुवा गरेको हो ।