२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

किन भदौ २२ अघि नहुने भयो मन्त्रिपरिषद् विस्तार ?



अ+ अ-

काठमाडौं । सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका जनप्रतिनिधिले निर्वाचन आयोगमा दल रोज्ने समयसीमा भदौ २२ गतेसम्म रहेकाले मन्त्रिपरिषद्ले पूर्णता पाउन अझै एक साता लाग्ने भएको छ ।

यसैबीच प्रधानमन्त्री देउवासँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि मन्त्रिपरिषद् विस्तारका लागि सक्रियता बढाउनुभएको छ । बिहीबार प्रचण्डले प्रधानमन्त्री देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ । प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार सरकारले सार्वजनिक गरेको प्रतिबद्धताअनुसारको कामलाई अगाडि बढाउने विषयमा छलफल गर्न प्रचण्डले प्रधानमन्त्री देउवा र अध्यक्ष नेपालसँग भेटवार्ता गर्नुभएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको डेढ महिना बितिसक्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । मन्त्रिपरिषद्लाई पूर्णता दिनका लागि सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच छलफल भए पनि अझै मन्त्रालयको भागवण्डामा समेत सहमति जुट्न सकेको छैन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले भदौ २२ गतेपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्न आग्रह गरेअनुसार अहिले सत्ता गठबन्धनका दलहरू आन्तरिक गृहकार्यमा जुटेको समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।