८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द

प्रदेश नं १ मा दुध उत्पादनमा वृद्धि

प्रदेश नं १ मा दुध उत्पादनमा वृद्धि
अ+ अ-

विराटनगर । प्रदेश नं १ मा आर्थिक वर्ष २०७८/७९ मा कूल पाँच लाख २५ हजार एक सय ५५ मेट्रिक टन दुग्ध उत्पादन भएको छ । पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका अनुसार सो अवधिमा मासु आठ लाख ६६ हजार १९ मेट्रिकटन, अण्डा १४ करोड १९ लाख ९३ हजार र ऊन ४० हजार ८७९ किलो उत्पादन भएको हो ।

अघिल्लो वर्षको तुलनामा गएको वर्षमा दुग्ध ११ हजार छ सय २३ मेट्रिकटन, मासु एक हजार छ सय ४२ मेट्रिक टन, अण्डा ४९ लाख नौ हजार र ऊन चार सय सात किलो बढी उत्पादन भएको हो । प्रदेशभरिमा गाईगोरुको सङ्ख्या २० लाख ९९ हजार चार सय ९७, भैँसी–राँगो आठ लाख ८५ हजार आठ सय ३९, बाख्रा २८ लाख सात हजार पाँच सय ८८, बङ्गुर छ लाख ९४ हजार आठ सय ४५, कुखुरा ८९ लाख ४१ हजार छ सय ७७, भेडा ५९ हजार दुई सय ३१ र याक–नाक १८ हजार १० रहेको बताइएको छ ।

प्रदेशमा हालसम्ममा १० हजार सात सय ७५ पोखरीअन्तर्गत एक हजार नौ सय ६२ दशमलव ३६ हेक्टर जलाशय क्षेत्रबाट कूल नौ हजार आठ सय २० मेट्रिकटन माछा उत्पादन भएको छ । आर्थिक वर्ष २०७७/७८ भन्दा गएको आर्थिक वर्षमा पोखरीको सङ्ख्या र जलाशय क्षेत्र पनि बढेको छ । अघिल्लो आर्थिक वर्षमा नौ हजार एक सय ६० मेट्रिकटन माछा उत्पादन भएको निर्देशनालयका निर्देशक पशुपति ढुङ्गानाले जानकारी दिनुभयो ।
यसैगरी ट्राउट माछातर्फ आर्थिक वर्ष २०७७/७८ मा रेसवे सङ्ख्या एक सय ८१ बाट गएको वर्षमा तीन सय ६२ पुगेको जलाशय क्षेत्र तीन हजार छ सय ११ हेक्टरबाट छ हजार आठ सय ५० पुगेको वर्षमा ३८ मेट्रिकटन ट्राउट माछा उत्पादन भएको बताइएको छ ।

प्रदेश सरकारको रु ११ करोड ४९ लाख ६१ हजार, प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना(सङ्घ सशर्त अनुदान) को रु चार करोड ९२ लाख ५० हजार, पशुसेवा(सङ्घ सशर्त अनुदान) को रु ६८ लाख आठ सय ५० र कृषि विकास रणनीति अनुगमन तथा समन्वय कार्यक्रम(सङ्घ सशर्त अनुदान) को रु सात लाख ३३ हजार बजेट रहेको जनाइएको छ ।