१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

नदीको सूचकाङ्कका आधारमा किसानलाई बाढी बीमा

नदीको सूचकाङ्कका आधारमा किसानलाई बाढी बीमा
अ अ+ अ-

भजनी । कैलालीका दुई र बर्दियाका तीन स्थानीय तहमा बाढीका कारण हुने कृषि क्षेत्रको नोक्सानीलाई मध्यनजर गर्दै कर्णाली नदीको बाढीको सतह मापन सूचकाङ्कका आधारमा बाढी बीमा कार्यक्रम लागू गरिएको छ ।

प्राक्टिल एक्सनलगायत विभिन्न गैरसरकारी संस्थाको समन्वय तथा शिखर इन्स्योरेन्स कम्पनीले किसानले लगाएको बालीको बीमा गर्ने र कर्णाली नदीको बाढीमापन केन्द्रको सूचकलाई आधार मानेर बीमाको भुक्तानी गर्ने गरी पाइलट प्रोजेक्टका रुपमा कार्यक्रम लागू भएको हो ।

अब किसानले बाढी नआए पनि बीमाबापतको पाउनुपर्ने रकम नदीको पानीको सतहको मापनका आधारमा प्राप्त गर्नेछन् । कर्णाली नदीको चिसापानीमा भएको पानीको मापन केन्द्रको तथ्याङ्कलाई आधार मानेर इन्स्योरेन्स कम्पनीले १० देखि शतप्रतिशत बीमाबापतको रकम पाउने व्यवस्था मिलाइएको छ ।

त्यसका लागि किसानले सात प्रतिशत बीमा प्रीमियमबापतको रकम इन्स्योरेन्स कम्पनीलाई तिर्नुपर्ने छ । कार्यक्रम कर्णाली नदीको तटीय क्षेत्रमा रहेका कैलालीका टीकापुर नगरपालिका र जानकी गाउँपालिका तथा बर्दियाको मधुवन नगरपालिका, राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा कर्णाली नदीको पानीको सूचकाङ्क मापनका आधारमा हुनसक्ने क्षतिको आकलन गरेर किसानलाई बिना झन्झट बीमा रकम भुक्तानी हुने गरी कार्यक्रम ल्याएको छ ।

उक्त भुक्तानीको प्रक्रिया एक हप्ताको हुने छ । किसानले भएको क्षतिबापत रकम एक हप्तामा प्राप्त गर्नेछन् । कर्णाली नदीमा १० दशमलव ८० मिटरसम्म पानीको सतह पुग्दा किसानले १० प्रतिशत बीमा बापतको रकम प्राप्त गर्नेछन् । त्यस्तै ११ दशमलव ८१ देखि १२ दशमलव ८० मिटर पानीको मापन भएपछि २५ प्रतिशत, १३ दशमलव ८० मिटरदेखि १४ दशमलव ८१ पानीको मापन भएमा ७५ प्रतिशत र १४ दशमलव ८० भन्दा बढी पानीको सतह मापन भएमा किसानले शतप्रतिशत बीमा बापतको रकम प्राप्त गर्नेछन् ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा रणबहादुर रावलले सूचकाङ्कका आधारमा बाढीबाट प्रभावित किसानले राहत पाउनु नयाँ कार्यक्रम भएको बताउनुभयो । “यो एकदमै नयाँ कार्यक्रम भएको छ, सुरुवाती अवस्थामा भएका कारण प्रभावकारी हुने नहुनेमा अझै विश्वस्त भने हुने ठाउँ छैन”, मन्त्री रावलले भन्नुभयो, “क्षति नभए पनि बीमा रकम भुक्तानी पाउने कुरा नयाँ छ तर कहिलेकाहीँ मापदण्डअनुसार नभएर बढी क्षति भएको अवस्थामा बीमा भुक्तानी नपाउने कुराले किसान आकर्षित नहुन पनि सक्छन् ।”

उहाँले विपत्को पूर्व तयारी नै महत्वपूर्ण भएको र विपत्पछि दौडनु स्वभाविक मात्रै भएको जनाउँदै यसवर्ष सुदूरपश्चिममा मात्रै दुई लाख ६० हजार जनसङ्ख्या विपत्को जोखिममा पर्ने सम्भावना रहेको बताउनुभयो ।

त्यस्तै लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले नागरिकलाई विश्वास दिलाउने र त्यसको परिणाम आउने गरी काम गर्न सकेपछि मात्रै बीमाको प्रभावकारी भएको मान्न सकिने बताउनुभयो ।

उहाँले बाढी सूचकाङ्कका आधारमा किसानले कृषि बीमा बापतको भुक्तानी पाउने कुरा नयाँ भएकाले त्यसलाई कार्यान्वयनमा कठिनाइ आउने कुरा पनि ठूलो नहुने बताउनुभयो । “जुनसुकै काम गर्दा पनि सुरुआती चरणमा कठिनाइ हुन्छ, त्यसलाई सामान्य नै मान्नुपर्छ”, मन्त्री शर्माले भन्नुभयो, “परिणाम पहिलो कुरा हो, जहाँ नतिजा आउँदैन त्यहाँ लगानीको कुनै अर्थ पनि हुँदैन ।” उहाँले अहिलेको अनुदान कार्यक्रम प्रभावकारी हुन नसकेको जनाउँदै राज्यले पनि त्यसको विकल्प सोच्नुपर्ने बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कमलराज ढकालले विपत् व्यवस्थापनको क्षेत्रमा प्रदेश सरकार ऐन कानुन नै बनाएर अगाडि बढेको जनाउँदै विपत् कोषका लागि रु २० करोड बजेटसमेत व्यवस्था गरिएको बताउनुभयो ।

लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले विपत्को क्षेत्रमा सबैभन्दा अग्रपङ्क्तिमा रहेर काम गर्ने निकाय भनेकै वडा तह र प्रहरी प्रशासन नै भएको जनाउँदै प्रदेश सरकारले विपत् कोषमा रु १० करोड बजेटको व्यवस्थापन गरेको बताउनुभयो ।

जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले बीमामा प्रीमियमको कुरा मुख्य हुने जनाउँदै किसानलाई राम्रोसँग बुझाएर मात्रै कार्यक्रमलाई लागू गर्न सके त्यसले राम्रो नतिजा दिने बताउनुभयो । राजापुर नगरपालिकाका नगर प्रमुख दीपेश थारुले बीमा कम्पनी बफादार नभएका कारण समस्या आउन सक्ने उल्लेख गर्दै किसानलाई राम्रोसँग बुझाउन सकेपछि मात्रै आफुहरुले समन्वय गर्नसक्ने बताउनुभयो ।

गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले नदीको मापनका आधारमा किसानले बीमाको रकम दाबी गर्ने कुरामा विश्वस्त हुन नसक्ने जनाउँदै किसानको एकीन तथ्याङ्क लिएर बृहत छ्लफल गरेर मात्र अगाडि बढ्न सकेपछि कार्यक्रमले सार्थकता पाउने बताउनुभयो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले कर्णाली नदीमा राखिएको नदीमापन केन्द्रका आधारमा मात्रै नभइ अन्य सूचकाङ्कको पहिचान गरेर त्यसको क्षेत्रलाई फराकिलो बनाउन कृषि बीमा कार्यक्रम लागू गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।