५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाकाली भन्सारबाट निर्यात शून्य, राजस्व सङ्कलन आधाले घट्यो



अ+ अ-

बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाको रुपमा रहेको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयको नाकाबाट गत वर्ष निर्यात शून्य भएको छ ।

कार्यालयका नायब सुब्बा प्रेमप्रसाद काफ्लेका अनुसार आव २०७८/७९ मा चिनी, दाल, भाँडाकुँडा, कपडा, बिँडी, चप्पललगायत सामानहरु बढी आयात भएका थिए । रु ८१ लाख २१ हजार ३१४ को सामान भित्रिएकामा निर्यात भने शून्य रहेको हो । यस नाकाबाट कुनै पनि सामान निकासी नभएको भन्सार कार्यालयले जनाएको छ । केही वर्षअघिसम्म घ्यू निर्यात हुने गरेकामा गत वर्ष त्यो पनि निर्यात भएन ।

कार्यालयका अनुसार साउन महिनामा भारतबाट रु आठ लाख ५५ हजार ५२०, भदौमा रु १० लाख ५३ हजार ९०३ असोजमा, रु १३ लाख ३४ हजार ९८३, कात्तिकमा रु नौ लाख १९ हजार ३८२, मङ्सिरमा रु १० लाख ५५ हजार २२, पौषमा रु दुई लाख ३८ हजार ३६३ को सामान आयात भएको थियो ।

यस्तै माघ महिनामा रु चार लाख ९१ हजार ३७२, फागुनमा रु पाँच लाख ८४ हजार ३८२, चैतमा रु तीन लाख चार हजार ९५२, वैशाखमा रु दुई लाख ३३ हजार ८९, जेठमा रु चार लाख २९ हजार ५२४ र असारमा रु छ लाख २० हजार ६२२ को सामान भित्रिएको थियो । उक्त कार्यालयले गत आर्थिक वर्षमा भन्सार महसुलबाट रु १६ लाख तीन हजार ८७३, भन्सार सेवा दस्तुरबाट रु ८७ हजार ५००, मूल्य अभिवृद्धिकरबाट रु छ लाख ६३ हजार ४६८, अन्तशुल्कबाट रु १२ हजार ५६ गरी रु २३ लाख ६६ हजार ८९७ राजस्व सङ्कलन गरेको थियो।

गत आर्थिक वर्षमा उक्त कार्यालयले रु ४३ लाख ६१ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा लक्ष्यभन्दा कम रु २३ लाख ६६ हजार आठ सय ९७ मात्रै सङ्कलन भएको हो । अहिले व्यापारिक प्रयोजनका लागि पनि सामान कम मात्रा आउने तथा आयात घटेकाले राजस्व सङ्कलनमा कमी आएको बताइएको छ । झुलाघाट नाकामा मोटरेबल पुल नहुँदा व्यापारीहरुले धेरैजसो सामानहरु धनगढी वा काठमाडौँबाटै ल्याउने गरेका छन् ।