२४ जेष्ठ २०८३, आईतवार
,
Latest
झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँका ४० प्रतिशतले लगाए कोरोनाको पूर्ण खोप



अ+ अ-

काठमाडौं । काठमाडौँमा ४० प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् । स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बद्रीबहादुर खड्काले शुक्रबारसम्म पहिलो मात्रा खोप लगाउने ४८ प्रतिशत पुगेको जानकारी दिँदै पूर्ण खोप लगाउने जनसङ्ख्या ४० प्रतिशत पुगेको बताए ।

उनका अनुसार काठमाडौँमा पूर्ण खोप लगाउनेको जनसङ्ख्या शुक्रबार बेलुकासम्म नौ लाख १४ हजार ४८५ जना पुगेको छ भने पहिलो मात्रा लगाउनेको जनसङ्ख्या ११ लाख सात हजार ९८० जना रहेको छ ।

उनले शङ्करापुर नगरपालिका र दक्षिणकालीमा पहिलो डोज शतप्रतिशत खोप दिन सकेको बताउँदै शङ्करापुर र दक्षिणकाली नगरपालिकामा १८ वर्षमाथिका सबै नागरिकले पहिलो डोज खोप लगाइसकेको जानकारी दिएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।