२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँका ४० प्रतिशतले लगाए कोरोनाको पूर्ण खोप



अ+ अ-

काठमाडौं । काठमाडौँमा ४० प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् । स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बद्रीबहादुर खड्काले शुक्रबारसम्म पहिलो मात्रा खोप लगाउने ४८ प्रतिशत पुगेको जानकारी दिँदै पूर्ण खोप लगाउने जनसङ्ख्या ४० प्रतिशत पुगेको बताए ।

उनका अनुसार काठमाडौँमा पूर्ण खोप लगाउनेको जनसङ्ख्या शुक्रबार बेलुकासम्म नौ लाख १४ हजार ४८५ जना पुगेको छ भने पहिलो मात्रा लगाउनेको जनसङ्ख्या ११ लाख सात हजार ९८० जना रहेको छ ।

उनले शङ्करापुर नगरपालिका र दक्षिणकालीमा पहिलो डोज शतप्रतिशत खोप दिन सकेको बताउँदै शङ्करापुर र दक्षिणकाली नगरपालिकामा १८ वर्षमाथिका सबै नागरिकले पहिलो डोज खोप लगाइसकेको जानकारी दिएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।