३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा

एशिया क्षेत्रका पर्यटन मन्त्रीहरूको अन्तर्राष्ट्रिय सम्मेलन ‘एबिसी’मा !

एशिया क्षेत्रका पर्यटन मन्त्रीहरूको अन्तर्राष्ट्रिय सम्मेलन ‘एबिसी’मा !
अ+ अ-

गण्डकी । आरोहणका दृष्टिले विश्वकै जेठो हिमाल अन्नपूर्णको काखमा रहेको अन्नपूर्ण आधारशिविर (एबिसी) मा दक्षिण एशिया तथा प्रशान्त क्षेत्रका पर्यटन मन्त्रीहरूको अन्तर्राष्ट्रिय सम्मेलन हुने विषयले यतिखेर उक्त क्षेत्रमा क्रियाशील पर्यटन व्यवसायी उत्साहित बनेका छन् । पर्यटन मन्त्रालयका तर्फबाट आइतबार सार्वजनिक नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना–२०७९ को बुँदा ६८ मा ‘एबिसी’मा दक्षिण एशिया तथा प्रशान्त क्षेत्रका पर्यटन मन्त्रीहरुको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न पहल गर्ने विषय उल्लेख छ । विश्वकै १० उत्कृष्ट पदमार्गमध्येमा पर्ने ‘एबिसी’मा वर्सेनि ठूलो सङ्ख्यामा पदयात्री पर्यटक पुग्ने गरे पनि विगत दुई वर्षयता कोरोनाका कारण उक्त स्थानमा अपेक्षित पर्यटक पुग्न सकेका छैनन् ।

पदयात्रा पर्यटनलाई नै मुख्य पेशा बनाएका यहाँका व्यवसायी कोरोनाका कारण सुस्ताएको अवस्थामा सरकारले पर्यटन पुनरुत्थानको कार्ययोजनाअन्तर्गत उक्त स्थानमा दक्षिण एशिया तथा प्रशान्त क्षेत्रका पर्यटन मन्त्रीहरुको सम्मेलन गर्ने विषय समावेश गर्नाले अन्तर्राष्ट्रियस्तरमा यहाँको पर्यटन प्रवद्र्धन हुने अपेक्षा गरिएको छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दीलिप गुरुङले बताउनुभयो ।

“पदयात्रा पर्यटनसँगै दृश्यावलोकनका लागि आकर्षक गन्तव्य अन्नपूर्ण आधार शिविरमा हुने उक्त सम्मेलनमा हिमाली क्षेत्रमा भइरहेको जलवायु परिवर्तनको असरलगायतमा छलफल हुने अपेक्षा छ”, उहाँले भन्नुभयो, “यसले पछिल्ला वर्षमा भइरहेको तापमान वृद्धिले हिमाली क्षेत्रमा पारिरहेका असरलगायत विषयमा अन्तर्राष्ट्रिय चासो पनि बढाउने छ ।”सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमाल आरोहण गरी विश्व कीर्तिमान राखेसँगै अन्नपूर्ण क्षेत्रले विश्वव्यापी चर्चा पाएको थियो ।

समुद्री सतहबाट आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम आरोहणको सफलता पछि सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एड्मण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए । अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले चार हजार १३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरसम्म पदयात्रा गरेसँगै अन्नपूर्ण क्षेत्र क्रमिकरुपमा पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको हो ।

‘एबिसी’को संरक्षणलाई जोड दिँदै सन् १९९० देखि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) क्रियाशील बन्दै आएको छ । सरकारले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भनेको अन्नपूर्ण आधार शिविर समुद्री सतहबाट चार हजार१३० मिटर उचाइमा छ । कोरोना सङ्क्रमण सुरु हुनुअघि यो आधारशिविरमा वर्षेनि हजारौँ विदेशी पर्यटक पुग्दथे । कोरोनाले गर्दा विदेशीको आगमन खस्केर आधारशिविरको पदयात्रामा जानेको सङ्ख्या कम भए पनि प्रवद्र्धनात्मक गतिविधि भएमा आधारशिविरमा आगामी दिन पर्याप्त विदेशी पर्यटक पठाउन सकिने यहाँका व्यवसायीले बताए ।

पछिल्लो तथ्याङ्कले सन् २०१८ मा अन्नपूर्ण आधारशिविरमा ३३ हजार ६८३ विदेशी पर्यटक गएका थिए भने २०१९ मा उक्त सङ्ख्या घटेर २८ हजार ८६० पुगेको थियो । कोरोनाका बेलामा भने यहाँ पुग्ने पर्यटकको सङ्ख्या ह्वात्तै घटेको थियो । कार्ययोजनामा सरकारले ‘एबिसी’मा गरिने सम्मेलनका लागि नेपाल पर्यटन बोर्डलाई मुख्य जिम्मेवार निकायको रुपमा तोक्दै चार महिनाभित्र सम्मेलन गर्ने उल्लेख गरिएको छ ।

नेपाल पर्यटन बोर्डको आगामी बजेट बनिरहेका अवस्थामा उक्त योजनालाई प्राथमिकतामा राखेर काम अघि बढाइने बोर्डका प्रवक्ता मणिराज लामिछानेले जानकारी दिनुभयो । कोरोनाबाट पीडित नेपालको पर्यटनमा सम्मेलन महत्वपूर्ण बन्ने बताउँदै उहाँले यसले विश्व पर्यटन बजारमा राम्रो सन्देश जाने उल्लेख गर्नुभयो ।

“हिमाली क्षेत्रको पर्यटनको विकासलाई पनि यसले महत्वपूर्ण योगदान दिने छ, ‘एबिसी’ आफैमा साहसिक पर्यटन गन्तव्य भएकाले सम्मेलनले यहाँको पर्यटन प्रवद्र्धनलाई महत्वपूर्ण योगदान पुर्याउँछ,” प्रवक्ता लामिछानेले भन्नुभयो, । ‘एबिसी’ सम्मेलनले अन्नपूर्ण क्षेत्र र पोखरा विशेषरुपमा लाभान्वित हुने अपेक्षा उहाँले गर्नुभयो ।पछिल्लो समयमा अन्नपूर्ण आधार शिविरको पदमार्गमा पर्यटकलाई लक्ष्य गरी विभिन्न पूर्वाधार बन्ने क्रमले पनि गति लिएको छ । चार दशक अघि सो क्षेत्र जानुपर्दा पर्यटकले यहाँका भेडी गोठका साथै स्थानीयवासीले बनाएका चित्रा वा भकारीले बारेका झुपडीमा बस्नुपर्ने बाध्यता अहिले अन्त्य भई सुविधा सम्पन्न होटेल बनेका र थप पूर्वाधार थपिने क्रम पनि जारी छ ।

अन्नपूर्ण आधार शिविर पदमार्गका सिनुवा, बाम्बो, हिमालयन, दोभान, देउराली, माछापुच्छ्रे र अन्नपूर्ण आधार शिविरमा २६ होटेल रहेकामा हाल ती स्थानमा आवश्यकताअनुसार अन्य होटेलसहितका पूर्वाधार थपिएका छन् ।अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना ९एक्याप० द्वारा विसं २०४३ देखि संरक्षण हुँदै आएको यस क्षेत्रमा एक्यापको निर्धारित मापदण्डअनुसार प्रत्येक होटलमा छका दरले १५६ वटा कोठा थिए ।

पदमार्ग क्षेत्रमा बढ्दो पर्यटकीय आकर्षणलाई दृष्टिगत गर्दै विद्यमान होटेलमा क्षमता विस्तारसँगै पूर्वाधार थपका लागि अध्ययन गर्न अन्नपूर्ण गाउँपालिकाले तीन वर्षअघि समिति बनाएर त्यसलाई व्यवस्थित गर्ने प्रयास गरेको थियो । उक्त गाउँपालिका–१० र ११ का सरोकारवाला सम्मिलित समितिले पूर्वाधार थपलगायत विषयमा अध्ययन गरेको थियो । आधार शिविरमा पहिला चारवटा होटेल रहेकामा अहिले दुईवटा थपिएका छन् । त्यस्तै माछापुच्छ्रे आधार शिविरमा पहिला पाँच वटा हेटल रहेकामा अहिले एउटा थपिएको छ । हिमालयमा यस अघि दुईटा होटेल रहेकामा एउटा थपिएको छ । देउरालीमा चार रहेकामा अहिले एउटा हेटल थपिएको छ । दोभानमा तीनवटा होटल रहेकामा दुई थप भइ सञ्चालनमा आइसकेका छन् ।

पर्यटक लक्षित पूर्वाधारसँगै स्थानीयवासीले पदमार्गसँग जोडिएका धार्मिक एवं सांस्कृतिकस्थल संरक्षणलाई पनि जोड दिएका छन् । यस क्षेत्रको धार्मिक विश्वास एवं प्राचीन संस्कृतिसँग जोडिएको दोभान र हिमालयको बीचमा रहेको प्रसिद्ध तीर्थस्थल बराहको मन्दिर निर्माण भइरहेको छ ।

‘एबिसी’मा गर्ने भनिएको उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलन यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण बन्ने टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका पूर्वअध्यक्ष सोम थापाले बताउनुभयो । “कार्ययोजनाअनुसार सम्मेलन गर्ने गरी सम्बद्ध निकायले तयारी थाल्नुपर्दछ”, पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्षसमेत रहनुभएका थापाले भन्नुभयो, “हिमालको देश र बुद्धको जन्मभूमिजस्ता हाम्रा मौलिकतालाई विश्वमाझ पुर्याउनु जरुरी छ, यसका लागि अन्य राष्ट्रसँग सहकार्य गर्ने किसिमले राज्यले पनि नीति लिनुपर्दछ ।“साहसिक पर्यटनसँगै धार्मिक तथा सांस्कृतिक पर्यटनयुक्त नेपाली पहिचानलाई विश्वपर्यटन बजारमा पु¥याउनका लागि यस किसिमका सम्मेलन बहुउपयोगी बन्ने उहाँको भनाइ थियो । रासस