५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

मौद्रिक नीतिले तरलता झन संकुचन गर्ने स्थिति देखियोः उपाध्यक्ष कमलेश अग्रवाल

मौद्रिक नीतिले तरलता झन संकुचन गर्ने स्थिति देखियोः उपाध्यक्ष कमलेश अग्रवाल
अ+ अ-

काठमाडौं, ७ साउन । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले मौद्रिक नीतिले सरकारले लिएको आर्थिक वृद्धिद्धरको लक्ष्य हाँसिल गर्न मद्दत नपुगेको टिप्पणी गरेका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘मौद्रिक नीति आउनुभन्दा पहिले नै संकुचनकारी र कठोर नीति ल्याउँदैछौं भनेर भनिएको थियो । अहिले मौद्रिक नीति संकुचित भएर आएको हो । सधैंनै यही कुरा सुनेका थियौं । हामी २ वर्षदेखि कोभिडबाट प्रभावित थियौं । पूनर्उथान हुन बाँकी छ । धेरै सेक्टर पूनर्उथान् भैसकेको छ । ग्लोबल ईकोनोमीमा फरक भयो । यो आर्थिक वर्षको सुरुवातमा नै तरलताको चरम अभाव भयो । यो निजी क्षेत्र हतोत्साही भएको वर्षको रुपमा रह्यो । सरकारले विदेशी मुद्राको उचित व्यवस्थापन गर्न सकेन । त्यसको कारणले आयात निन्त्रण गर्नुपर्यो ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै अग्रवालले सरकारले चाहेको भए विदेशी मुद्राको व्यवस्था गर्न सक्नेथियो भन्ने धारणा राखे । उनले थपे–‘उच्च व्याजदर, नेपाली मुद्राको अवमूल्यनको अवस्था छ, गत जेष्ठ १५ गते बजेट आयो । त्यसमा ८ प्रतिशतको वृद्धिद्धर लक्ष्य राखियो । मौद्रिक नीतिमा आर्थिक वृद्धिद्धरको कुरा हुनुपर्दथ्यो । तर, त्यो देखिएन ।’

उनले बजेटमा प्रक्षेपित ८ प्रतिशतको जिडिपी ग्रोथ गर्नको लागि झण्डैझण्डै ७०० बिलियन नयाँ क्यापिटल ईन्जेक्शन हुनुपर्ने उल्लेख गर्दै भने,‘नयाँ कर्जा प्रवाह गर्ने वातावरण मौद्रिक नीतिमा हुनुपर्दथ्यो । जबकी अहिले आएको नीतिले त तरलतालाई झन संकुचन गर्ने स्थिति देखियो । तरलता व्यवस्थापनमा ब्याजदर अस्ति तीन महिना अघिमात्रै नेपाल राष्ट्र बैंकले चाुल आर्थिक वर्षको मौद्रिक नीतिको समिक्षा गर्दाखेरि बैंक व्याजदर ५ देखि ७ प्रतिशत गरेको थियो । अहिले आएर साँढे ८ प्रतिशत गरिदियो । यसले गर्दा उच्च व्याजदर हुने भयो । यस्तो व्यवस्थाले कसरी सरकारले राखेको आर्थिक वृद्धिद्धरको लक्ष्य पूरा हुन्छ ? यो आँफैमा ठूलो चूनौति छ ।’

उनले निजी क्षेत्रले जहिलेपनि लचिलो मौद्रिक नीतिको अपेक्षा गरेको सुनाए । उनले भने,‘मनी सर्कुलेशनको लक्ष्य १८ प्रतिशत थियो, यसलाई १२ प्रतिशत गरियो । यो नीतिले आर्थिक गतिविधिलाई विस्तार गर्ने अवस्था देखेका छैनौं । निजी क्षेत्रको कुरा गर्दा नेपालमा टोटल ईन्भेष्टमेन्टको ७२ प्रतिशत भन्दा बढि यो क्षेत्रको लगानी छ । निजी क्षेत्रको लगानीको नीतिगत सुरक्षणको व्यवस्था गर्नुपनि सरकारको दायित्व हुन्छ । यो त राष्ट्र बैंकको पनि दायित्व हुन्छ । यसपटक यसबारेमा यो नीतिले सकारात्मक रोल देखाएको छैन् । अब धेरै कुरा नीतिगत रुपमा स्पष्ट रुपमा आएको छैन् । कोभिड महामारीमा दिएको सुविधा पनि कटौती गरेको छ । अत्यावश्यक क्षेत्रलाई मात्रै दिने भनेको छ । कुन–कुन क्षेत्रले पाउने र कुन–कुन क्षेत्रले काट्ने भन्ने कुरा आएको छैन् ।’

यस्तै, शेयर धितोको कुरा गर्दै गत वर्षको चालु आर्थिक वर्षको मौद्रिक नीति जारी हुँदा शेयर बजारको ईण्डेक्स २८ सय जति रहेको सुनाउँदै उनले अहिले झण्डै २ हजारको हाराहारीमा आएको बताए । उनले भने,‘अहिले आएको नीतिले पनि शेयर मार्केटको पोजिटिभ ग्रोथ गर्छ भन्ने लाग्दैन् । एकातर्फ व्याजदर बढाईएको छ, अर्कोतर्फ कर्जा संकुचन प्रवाहलाई कडाई गरिएको छ । फेरि १२ को क्याप गरिएको छ । यसले साना लगानीकर्तालाई राहत देला।’

उनले अहिले मुलुकको आर्थिक अवस्थाको कुरा गर्दा विषम परिस्थिति रहेको सुनाए । उनले भने,‘विदेशी मुद्राको सञ्चिती घटेको छ। तर, त्यति नकारात्मक अवस्था भने छैन् । रेमिट्यान्स फ्लो बढेको छ । असारमा पनि बढेको जस्तो देखिन्छ । वनको बाघले त नेपालमा खाँदैन् । तर, मनको बाघले निजी क्षेत्रलाई खाने वातावरण तयार नगरिदिनुहोस भन्न चाहन्छु ।’

अर्थविद् डा. डिल्लीराज खनालले मौद्रिक नीति अझै कसिलो आउनुपर्नेथियो भन्ने धारणा राखेका छन् । उनले भने,‘के विशुद्ध रुपमा मूल्य भन्ने कुरा मुद्राप्रदायले मात्रै निश्चित गर्छ ? मौद्रिक नीति बढि माग पक्षबाट निर्देशित छ । मलाई कताकता के लागेको छ भने अहिलेको पोलिसी आर्थिक स्थायित्व र ब्यालेन्स अफ पेमेन्टमा स्थायित्व, यो दुवै कुरामा नीतिमा असफल भएको छ ।’

उनले सप्लाई साईट र उत्पादनको साईटलाई बजेटले निर्देशित गरेबमोजिमको नीति नआएको हो कि भन्ने पनि गुनासो रहेको सुनाए ।उनले भने,‘ब्याजदर ज्यादै उच्चदर छ । मागमा संकुचनमा ल्याउनुहुन्छ भने लगानी माग घट्छ । नेपालको अर्थतन्त्र अहिले ट्रयापमा छ । मूल्य अन्तराष्ट्रिय कारणले बढ्दै जाने अवस्था, रियल स्टेटको लगानी कम गर्ने कुरा हो, यो सकारात्मक छ ।’ उनल राष्ट बैंकले भोलिका दिनमा अहिले उठेका सबै आशंकालाई चिरेर जानुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा. गोविन्दराज पोखरेलले मौद्रिक नीतिले आयात प्रतिस्थापन गर्नको लागि उल्लेखनीय कुरा नगरेको टिप्पणी गरेका छन् ।

उनले भने,‘अहिलेको आर्थिक अवस्थाको कुरा गर्दा, वैदेशिक मुद्रा सञ्चिती, व्यापार घाटा, चालु खातामा रकम हेर्ने हो भने निराशा लाग्ने अवस्था छ । कर्जा धेरैजसो त अनुत्पादक क्षेत्रमा गयो । वैदेशिक मुद्रा आर्जन गर्ने भनेको कि एफडिआई लिएर हो कि रेमिट्यान्सलाई फर्मललाईज च्यालनबाट लिएर हो । या त निर्यात बढाएर हो । यो कुरामा मौद्रिक नीतिले सम्बोधन गरेको छैन् । समग्रमा आयात प्रतिस्थापनमा पनि त्यति धेरै उल्लेखनीय कुरा भएको छैन् ।’

वैदेशिक मुद्रा सञ्चितीको अवस्था उल्लेख गदै उनले श्रीलंका, लाओस र पाकिस्तान जुन समस्यामा गएका छन् त्यो समस्यातिर जानबाट नेपाललाई रोक्ने नदेखिएको टिप्पणी गरे । उनले भने,‘हाम्रो वैदेशिक ऋण उनीहरुको तुलनामा कम होला ।’ उनले अहिलेको आर्थिक अवस्थाको सुधारको लागि फजुल खर्च कम गर्नुपर्नेमा जोड दिए । उनले भने,‘वडा अध्यक्षलाई पनि तलब दिएर राखेका छौं । यो फजुल खर्च हो । विकास खर्च घटाएका छौं । चालु खर्च कम गर्नतर्फ जानुपर्छ । उत्पादनमा जोड दिनुपर्छ । रोजगारी सिर्जना गर्नुपर्छ । समग्रमा फजुल खर्च कम गर्ने उपायमा लाग्नुपर्छ । आर्थिक सुशासन कायम गर्नेतर्फ सबै सचेत हुनुपर्छ । नेपालमा लगानी गर्ने माहोल भएन । नीतिगत अप्ठ्यारो छन् । त्यतातर्फ ध्यान दिनुपर्छ ।’