२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ४.८९ अंकले वृद्धि



symbolic picture
अ+ अ-

काठमाडौँ । पछिल्लो एक सातादेखि निरन्तर रुपमा वृद्धि भएको नेप्से परिसूचक बुधवार पनि सामान्य अंकले वृद्धि भएको छ । बुधवार नेप्से परिसूचक ४.८९ अंक बढेर २०५०.५९ बिन्दुमा पुगेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ०.९७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०६ अंक
र सेन्सेटिभ इण्डेक्स ०.०१ अंकले बढेको छ ।

बुधवार कारोबारमा आएमा २१५ कम्पनीको ४१ लाख ३३ हजार कित्ता शेयर १ अर्ब ७३ करोड १८ लाख ३२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधवार नेप्से परिसूचक झिनो अंकले बढेपनि कारोबार रकम भने गिरावट भएको छ । मंगलवार २ अर्ब २९ करोडको शेयर कारोबार भएको थियो ।

बुधवार नेप्सेका १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ५ उपसमूहको परिसूचक घटेको छ । जसमा विकास बैंक, वित्त, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा कम्पनी र अन्य उपसमूहको परिसूचक बढेको छ भने बाँकी अन्य उपसमूहको परिसूचक घटेका छन् ।

नेप्से झिनो अंकले बढ्दा मल्टीपर्पस फाइनान्सको शेयरमूल्य ५.६९ प्रतिशत बढेको छ । कर्णाली डेभलपमेण्ट बैंकको शेयरमूल्य ४.३५ प्रतिशत बढेको छ। तर यता,लक्ष्मी इक्विटी फण्डको इकाईमूल्य ६.३३ प्रतिशत घटेको छ भने इमर्जिङ्ग नेपालको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ । बुधवार शिवम सिमेन्ट्स कम्पनीको १६ करोड ४२ लाख ५९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।