२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ७७.०१ अंकले गिरावट



अ+ अ-

साताको पहिलो कारोबारको दिन सोमवार नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ ।  आईतवार सार्वजनिक बिदा परेकाले नेप्से कारोबार भएको थिएन । सोमवार भएको कारोबारमा नेप्से परिसूचक ७७.०१ अंकले घटेर १९१५.६१ बिन्दुमा झरेको छ ।

त्यस्तै,सेन्सेटिभ इण्डेक्स १३.०३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ५.५६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.०९ अंकले घटेको छ । सोमवार कारोबारमा आएका २२७ कम्पनीको ६३ लाख १३ हजार ६४१ कित्ता शेयर २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । नेप्सेका १३ वटै उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा सबै भन्दा बढी व्यापार  उपसमूहको ५.७८ प्रतिशतले घटेको छ ।

त्यस्तै,फाइनान्स उपसमूहको परिसूचक ५.७३ अंकले गिरावट आएको छ भने जलविद्युत उपसमूहको पनि ५.१९ प्रतिशतले गिरावट आएको छ ।बाँकी अन्य उपसमूहको शेयर मूल्य ४ प्रतिशतसम्म गिरावट आएको छ । सोमवार कारोबारमा आएको ग्रामिण विकास लद्युवित्त वित्तीय संस्थाको शेयरमूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।