४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा

कोशी ब्यारेजका फिस ल्याडर नखोलिँदा डल्फिनलाई समस्या (भिडियोसहित)

कोशी ब्यारेजका फिस ल्याडर नखोलिँदा डल्फिनलाई समस्या (भिडियोसहित)
अ+ अ-

काठमाडौं । कोशी ब्यारेजमा जलचरका लागि बनाइएका २ वटा फिस ल्याडर सञ्चालनमा नआउँदा डल्फिनलाई समस्या बढेको छ ।

जलचरका लागि बनाइएका २ वटा फिस ल्याडर सञ्चालनमा नआउँदा डल्फिन कोशी ब्यारेज पार गर्न नपाएका हुन् । जलचर प्राणी (डल्फिन र माछा) ब्यारेज वारपार गर्ने २ वटा बाटो छन् । कोशीमा रहेका १५ देखि १८ वटा डल्फिनहरु उक्त बाटो बन्द हुँदा ब्यारेज पार गर्न पाएका छैनन् ।

जलचर प्राणीले नेपाल तर्फबाट भारततर्फ पानीको बेगसँगै सहज पार हुने र भारत तर्फबाट नेपालतर्फ आउन फिस ल्याडरको बाटो प्रयोग गर्ने गरेको कोशी टापु वन्यजन्तु आरक्षण केन्द्रका प्रमुख रामचन्द्र खतिवडाले बताउनु भयो । उहाँले हाल डल्फिन, माछा, घडियाल गोही लगायतका जलचर प्राणीले कोशी ब्यारेज वारपार गर्न नसकेको उहाँले बताउनु भयो ।

४०/५० वर्षअघि बनेको कोशी ब्यारेजको ६ नम्बर गेट र ५२ नम्बर गेटमा बनेका फिस ल्याडर बन्द छ । फिसल्याडर सञ्चालनमा आए डल्फिन र ठूला प्रजातिका जलचर प्राणी कोशी ब्यारेज पार गर्न सक्छन् । निर्माण भएको १÷२ वर्षपछि फिस ल्याडर बन्द रहेका कारण डल्फिनहरु ब्यारेज पार गर्न पाएका छैनन् । केही समयअघि सुनसरीको बराहक्षेत्रमा डल्फिनहरु देखिने गरेका थिए । जाडो मौसममा कोशी पार गरेका डल्फिन हाल ब्यारेजको दक्षिण भारतीय क्षेत्रतर्फ आएर जाम भएर बसेका छन् ।

डल्फिन जाडोमा तल्लो भू–भागमा झर्ने र गर्मी मौसममा सन्तान वृद्धिका लागि माथिल्लो भू–भागमा जाने गरेको आरक्षण केन्द्रका प्रमुख खतिवडाले बताउनु भयो । उहाँले जलचर संरक्षण ऐनका अनुसार यसको सञ्चालन गर्ने, नियमन गर्ने दायित्व जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीको हुने उल्लेख गरिएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई आफूहरुले भारतीय पक्षलाई सञ्चालनका लागि निर्देशन दिन अनुरोध गरिएको जानकारी दिनुभयो ।

फिस ल्याडर सञ्चालनमा आए डल्फिनले र माछाले कोशी पार गर्नसक्ने तथा डल्फिन र माछाको संख्या बढ्ने उहाँले जानकारी दिनुभयो । नेपाल र भारतको सहमतिमा फिस ल्याडर बनेपनि केही वर्ष सञ्चालनमा आएर बन्द छ ।