११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन

पद्मसुन्दर जोशीको ‘हिति प्रणाली’ चिनाउने पुस्तक

पद्मसुन्दर जोशीको ‘हिति प्रणाली’ चिनाउने पुस्तक
अ अ+ अ-

काठमाडौँ । पब्लिकेसन नेपालयले प्राचीन हिति प्रणालीमाथि लेखिएको पद्म सुन्दर जोशीको वृहत् अनुसन्धनात्मक कृति ‘हिति प्रणाली’ प्रकाशित गरेको छ । ललितपुर महानगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा काठमाडौं उपत्यकाका नगरप्रमुख, जनप्रतिनिधि,योजनाविद्, सम्पदा संरक्षण अभियानकर्ताका बिच‌ ‘हिति प्रणाली’ पुस्तकको लोकार्पण गरिएको हो । कार्यक्रममा लेखक पद्मसुन्दर जोशीले ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का उपकुलपति सुनिल बाबु श्रेष्ठलाई पुस्तक हस्तान्तरण गरेका थिए ।

आधा शताव्दी अघिसम्म पनि नेपाल भनेर चिनिने काठमाडौं उपत्यका हालको जनसंख्या बिस्फोट हुनु अघिसम्म बास्तुकला र संस्कृतीको बिश्वस्तरको जिउंदो नमुना थियो । केही दशकयता खासगरी बि।सं २००७ सालको खुलापन पछि र अझ २०४६को परिवर्तन पछि योजनाबिहीन र अनियन्त्रित आप्रवासनसंगै यहाँका कलाकौशल र सम्पदाहरु उपेक्षामा परेक छन् । फलस्वरुप, तिनको यथोचित प्रर्बद्धन् त परै जाओस्, भएका सम्पदा पनि लोपोन्मुख अवस्थामा छन् ।

यसैक्रममा भत्किएको एउटा सुन्दर र कौशलपूर्ण सम्पदा हो हिति प्रणाली । हिति प्रणाली काठमाडौं उपत्यकाको एउटा अद्वितीय र सम्पन्न जल व्यवस्थापन प्रणाली हो । यो प्रणालीको सबैभन्दा पुरानो लिखित प्रमाण किराँत र लिच्छवी काल ९झण्डै १७०० वर्ष पहिले० अङ्कित गरिएको पाइन्छ । । नेपाल भाषामा ‘यि’ को सम्बन्ध येंचु अर्थात सफा हुन्छ भने भोट(बर्मेली भाषामा ‘तिु वा ‘डिु को अर्थ पानी हुने र यसरी यितिको अर्थ सफा पानी भन्ने बुझिन्छ । उपत्यका वरीपरीका पहाडका भिरालो पाखाबाट तल झरेका किरातहरुसंग पानीको स्रोतको रुपमा मूल फुटेर बग्ने पानी सम्बन्धि ज्ञान थियो भने दक्षिणतिरबाट उपत्यका पसेका लिच्छवीहरुसित भूमिगत जल र ईनारको । हिति प्रणाली यी दुबै ज्ञानको सम्मिश्रणको उत्कृष्ट परिणामको रुपमा लिन सकिन्छ । मल्लकालका हितिहरुको कलात्मकता र प्राविधिक विशिष्टताले यस कालमा यी हितिहरु अरु परिष्कृत र व्यापक बनेको देखिन्छ ।

पानीको प्रमुख स्रोतको रुपमा प्रयोग गरिने हिति अर्थात ढुंगेधाराहरु आज लगभग नष्ट हुने अवस्थामा पुगेका छन् । हुन त अझै पनि केही हितिहरु परिचालन मै छन्, तर धेरैजसो हितिप्रणालीका अवयवहरु नष्ट भइसकेका छन् । त्यसैले भएका हितिहरुको प्रबर्धन गर्नु र बिग्रन लागेकाहरुको संरक्षण गर्न ढीलै भइसकेकोछ । यसै कार्यमा टेवा पुगोस् भन्ने उद्देश्यले उपलव्ध सूचना र ज्ञानको संकलन गरी हिति प्रणालीको उद्गम, यसको प्राविधिक पक्ष, व्यवस्थापनका स्थापित पद्धत्तीहरु र हाल आएर हिति प्रणाली माथि भइरहेका व्यभिचारहरु र पुनर्निमाणका सम्भावनाहरुलाई समेटेर यो पुस्तक तयार पारिएको छ ।

पुस्तकका लेखक जोशी भन्छन्  ‘आजको समयमा दिगो सहरी खानेपानी योजनाहरू डिजाइन गर्दा, हामी बीस वर्षको योजना बनाउँछौंस यदि धेरै महत्वाकांक्षी योजना छ भने तीस-वर्षे पनि होला ! आधुनिक जलविज्ञान र इन्जिनियरिङले त्यो भन्दा बढी कल्पना गर्न सक्दैन तर हाम्रो हिति प्रणाली भने एउटा ऐतिहासिक प्राविधिक चमत्कार नै हो, किनभने यसले झण्डै दुई हजार वर्षदेखि पानीको बहाव व्यवस्थापन गरेको छ । हिति प्रणाली, भावी पिंढी र संसारको सबैभन्दा आधुनिक प्रविधिको लागि पनि अकल्पनीय उदाहरण हो ।’

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु‌‌ महर्जनले हिति सम्बन्धी पुस्तक प्रकाशित हुँदा सबैभन्दा खुसी आफू हुने बताए । ‘मेरो अघिल्लो कार्यकालमा पाटनका हितिहरुबाट पानी झारेर देखाउने धोको थियो, त्यो पुरा हुन पाएन तर अझै पनि प्रयास जारी छ । यसपालि भने लगनखेलको सप्तपाताल पोखरीको जमीन नगर स्वामित्वमा ल्याउन सफल भएको र टिकाभैरव राजकुलो ब्युँताउने अभियान समेत उल्लेख्य रुपमा अघि बढेको छ ।‘ मेयर महर्जनले आफूहरू केटाकेटी छँदा यिनै पोखरीमा फुलेका कमलका पातमा भोज खाएको स्मरण गर्दै र तिनै पोखरीमा फेरी कमल फुलाउने आफ्नो इच्छा रहेको बताए । उनले पुस्तकको प्रकाशनका लागि नेपालय पब्लिकेशनलाई साधुवाद समेत दिए ।

काठमाडौँ सभ्यताको पानी प्रणाली र सांस्कृतिक परम्पराका ज्ञाता पद्मसुन्दर जोशी दिगो सहरी विकासका योजनाकार हुन् । उपत्यकाको पूर्वाधार विकासका साथै मूर्त तथा अमूर्त सम्पदाहरूको जगेर्नामा सक्रिय उनी पेसाले इन्जिनियर हुन् । लामो समय त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकमा प्राध्यापनसमेत गरेका उनले काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोगको सदस्य–सचिव रही सहरी पूर्वाधार सुधार आयोजना तथा काठमाडौँ उपत्यका म्यापिङ कार्यक्रमको नेतृत्व गरेका थिए । नेपालीमा यो उनको पहिलो पुस्तक हो ।

“हिति प्रणाली’को मूल्य नेपाली बजारका लागि १४९५ रुपियाँ रहेको छ साथै पुस्तक देशका सबै प्रमुख पुस्तक पसलहरूमा उपलब्ध रहने छ । ईबुकको प्रतिलिपि  thuprai.com  बाट पनि किन्न सकिन्छ । यो पुस्तक विश्वव्यापी रूपमा भने Amazon मार्फत् उपलब्ध हुनेछ ।

हिति प्रणाली

हितिको आविष्कार कहिले भयो भन्ने तथ्य यकिन नभए पनि इतिहासकारहरु यो प्रणालीको जन्म गोपाल, किरातकालमा नै भइसकेको र लिच्छवी कालमा यसको प्रणालीगत बिकास र बिस्तार हुँदै मल्लकालमा यसले व्यापकता पाएको कुरामा एकमत देखिन्छन् ।

प्रायः सबै हितिहरु खाल्डोमा बनाइएको हुन्छ । त्यसैले हितिलाई नेवार भाषामा गाः हिति (अर्थात खाल्डोको धारा) पनि भनिन्छ । यस खाल्डोको एकापट्टीको भित्तामा गोहीको मुखाकृती कुँदिएको कलात्मक ढुंगाको डुंडबाट पानी झारिएको हुन्छ जसलाई हितिमंगः भनिन्छ । एउटा हितिगाःमा एक वा एकभन्दा बढी हितिमंगःहरु हुनेगर्दछ ।

हितिमंगःसम्म पानी ल्याउनको लागि भूमिगतरुपमा काठ वा टेराकोटाको चारकुने नाली पानीको मूलसम्म नै बिछ्याइएको हुन्छ । यो पानी ल्याउने नालीलाई हितिदुं भनिन्छ । हितिदुंको बीच बीचमा पानीको बहावको दिशा परिवर्तन गर्न वा सतह मिलाउन आवश्यकता अनुसार अथलहरु राखिएका हुन्छन् । हितिदुं पानीको मूलसम्म नै बिछ्याइएको हुन्छ । भौगर्भिक कारणले पानी उम्रेर आउने यस्ता मूलहरु भूमिगत जलभण्डारहरु हुन् । कतिपय हितिका यस्ता जलभण्डारहरु नजिकै हुन्छन् त कतिपय टाढाबाट ल्याइएको हुन्छ । हिति प्रणालीमा पानी भित्र्याउन यी जलभण्डारहरुमा बिशेष मंगालहरु बनाइएका हुन्छन् जसलाई नाभिमण्डल भनिन्छ ।

जलभण्डारबाट लगातार हितिमा पानी बगाउंदा सुख्खा याममा पानीको उपलव्धता कम हुने हुनाले यी जलभण्डारहरुको नजिकमा पोखरीहरु बनाइएका हुन्छन् । यी पोखरीहरुमा वरिपरिको बर्षातको पानी संकलन गरिनुको साथै बर्षैभरी पानी उपलव्ध गराउन राजकुलोहरु जोडिएको पाइन्छ । पोखरीको पानी बिस्तार बिस्तार जलभण्डारमा पुनर्भरण हुने गर्दछ । सिंचाईको लागि बनाईएका यस्ता राजकुलाहरुले नजिकका खोला, खोल्साहरुबाट पानी पटाउने काम गर्दछ र आफ्नो बाटोमा पर्ने पोखरीहरु भर्ने कार्य गर्दछ । यसरी लगातारको सिंचनले हितिहरुमा बर्षभरि नै पानी उपलव्ध हुनेगर्दछ ।