४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा

फेवातालको चिरहरण र सरकारी उदासीनता

मानवीय दमन र हिंसा झन कहालीलाग्दो

फेवातालको चिरहरण र सरकारी उदासीनता
अ+ अ-

कुनै १० जना व्यक्तिलाई नेपालको सवैभन्दा सुन्दर र मनमोहक ठाँउ कुन हो भनेर प्रश्न गर्ने हो भने सायद ८ जनाले पोखरा भन्छन् होला । प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखराबाट मोहित नहुने सायदै होलान् ।

मनोरन्जनका लागि नेपाल आउने अधिकाँश विदेशी पर्यटकहरुको गन्तव्य थलो पनि पोखरा नै हो । फेवाताल लगायत पोखराभित्र र यसको आसपासमा दर्जनौ रमणीय स्थलहरु छन ।

फेवाताल भन्ने वित्तीकै हरेक नेपालीको मन लोभिन्छ । जाँऊ । जाँऊ । घुमौ घुमौ गरौ लाग्छ । फेवाताल पोखराको पहिचान मात्र हैन नेपालको गौरव हो । शान हो ।

एकसाता अगाडि म पोखरा पुगेको थिए पोखरा जाँदा कहिलेकाँही फेवातालको सिरानपट्टि रहेको पामेवजार सम्म पुग्छु र म जन्मेको पनि त्यही पामेवजार नजिककै साविक चापाकोट गाविस, हाल पोखरा महानगरपालिका २३ मा पर्छ ।

त्यो पामेवजारमा मैले २०३८ सालतिर २५ पैसा प्रति कप चिया पिएको सम्झना ताजै छ । पोखरा आउजाउ गर्न त्यहाँका नागरिकहरु पामेवजारको डुँङगाघाटबाट डुङ्गा चढ्थे । १ घण्टामा पोखरा पुग्दथे ।

झण्डै पामेवजारसम्म फेवातालको फैलावट थियो । हर्पन खोला विशाल थियो । डुँङगामा प्रति यात्रु रु १ लिने गरेका सम्झना अहिले पनि मलाई छ ।

२५ पैसाको चिया र रु १ को डुङ्गा चढाई पैसाको मूल्यको कथा लेख्नेहरुका लागि राम्रो खुराक हुन सक्छ ।

हामी २०३९ सालतिर तराई झ-यौ । बिचका धेरै घटनाक्रमहरु ताजा रहेन । सम्झना भएन । यो ४० वर्षको दौरानमा फेवातालको भूगोल लगायत यसको सुन्दरता लुटिएको मैले आभाष गरेको छु ।

विशाल ताल अहिले खुम्चिएको छ । मैले केटाकेटीमा देखेको फेवातालको आधा भाग अतिक्रमित छ ।भुमाफिया र दलालहरुको चंङगुलमा छ ।

फेवातालको पानीको स्रोत र मूहान हर्पन खोलामाथिको मानवीय दमन र हिंसा झन कहालीलाग्दो छ ।ढुङ्गा, गिटी, वालुवा लगायतका नाममा यसको निरन्तर दोहन भईरहेको छ । दोहन लगायतका कारण फेवाताल निरन्तर पुरिदैछ । पानीका स्रोतहरु मेटिदैछन ।

तालको मानवीय र प्राकृतिक अतिक्रमणलाई नरोक्ने हो भने अबको ११० बर्षमा यसको अस्तित्व नै समाप्त हुने ताल तथा वातावरण विज्ञहरुको निष्कर्ष छ ।

तर तालको गरिमा वचाउन भन्दा पनि यसलाई धुमिल पार्न स्वयं सरकारी संयन्त्रहरु नै सक्रीय रहेको आभाष मैले गरेको छु । यसपालि पामे वजारजाँदा मलाई साह्रै पीडा महशुश भयो, विशाल ताल खुम्चिएको त हामी सवैले देखेको अनुभूति गरेकै हो ।

हामीले केटाकेटीमा डुङ्गा चढने पामेवजारको डुँङगाघाटको, सिमसार क्षेत्रमा अहिले जग्गाको प्लटिङ्ग भईरहेको रहेछ। फेवातालमा आएर मिसिने सिमसार क्षेत्र युक्त त्यो पानीका मूहान थुनिएको छ ।

डोजर लगाईएको छ । धमाधम प्लटिङ्ग गरिएको छ । मैले मेरै मोवाईलबाट फोटो खिचेर ल्याएको छु । तालको पानीको स्रोत यस सिमसार क्षेत्रमा धमाधम प्लटिङ्ग हुँदा नेपाल सरकार, गण्डकी प्रदेश सरकार र पोखरा महानपा किन मुकर्दशक छन ?

यसको संरक्षणमा नेपाल सरकार लगायतका सरोकारवालाहरुले गंभिर रुपमा ध्यान दिनुपर्दछ कि पर्दैन ? रगत–पसिनाले कमाएको कसैको जग्गा ताल सिमानामा परेको प्रमाणित छ भन्ने राज्यले क्षतिपूर्ति दिएर ताललाई जोगाउन पर्दैन ?

तालको गरिमा र ईतिहास जोगाउदै यसलाई फैलन दिने हो कि ? खुम्च्याउनमा सहयोग गर्ने हो ? यो मेरो मात्र हैन आम नेपालीको प्रश्न हो? साविक ताल हिडेको कैयौ स्थानमा अहिले सिमेन्ट रडका कंक्रिटका घरहरु वनेका छन । तालको सुन्दरतालाई नै अपहरण गरेजस्तो लाग्छ ।

ताल परिसरमा नै कही कतै प्लटिङ्गका डोजर चलेका छन । ढुङ्गा, गिटी, वालुवाको ट्रिपरहरु दौडेका छन । जग्गाका माफियाहरुले देशभरी जथाभावी कृषिभूमिमा प्लटिङ्ग गरिरहेका छन् ।

सरकारी जग्गा कव्जागरी प्लटिङ्ग गरी वेचविखन समेत गरेका छन । भिरपाखा र कतै–कतै खोला नालाको आसपासमा पनि जथाभावी प्लटिङ्गहरु गरेको हामीले देखेका छौ ।

तर मुलुकको पहिचानसंग जोडिएको, पोखराको मुटु फेवातालको पानी नै छेकेर प्लटिङ्ग गरेको मैलेचाँही पहिलोपटक देखे । म जन्मेको ठाँउमात्र भएर हैन सिङ्गो मुलुकको पहिचानसंग पनि जोडिएको विषय भएको हुँदा मैले आँफुलाई अपमानित र हिनतावोध भएको महशुश गरेको छु ।

फेवातालको गरिमा वचाउन सरकारी संयन्त्रहरु संवेदनशील भएनन् । यसको अस्मीतामाथी नै यसको चारैतिरबाट लूटभईरहदा टुलुटुल हेरेर बसे सरकारलाई रुलिङ्ग गरियोस ।

ध्यानर्कषण गराईयोस । सरोकारवाला मन्त्रीलाई रोष्टममा उभ्याईयोस । फेवातालको संरक्षण लगायतमा सरकारको धारणा मागियोस ।

ताल संरक्षण लगायतमा प्रमुख जिम्मेवारी निर्वाह गर्नुपर्ने पोखरा महानगरपालिकाले नै यसको अस्मितामाथि झन खेलवाँड गरेको ताल संरक्षणमा चिन्तित हुने लगायतहरुको वुझाई छ ।

पोखरा महानगरपालिकाको २०७८ चैत १६ मा बसेको कार्यपालिकाको बैठकले फेवातालको मापदण्ड ६५ मिटरबाट घटाएर जम्मा ३५ मिटर कायम गर्ने निर्णय गरेर सिमारेखाभन्दा वाहिर गएको छ । संविधान र कानूनले दिएको अधिकार दूरुपयोग गरेको छ ।

काठमाडौको सिंहदरवारले मात्र हैन गाँउका सिंहदरवारले पनि नीतिगत भ्रष्टचार गर्दारहेछन भन्ने वलियो प्रमाण हो यो । पोखरा महानगरपालिकाको नीतिगत भ्रष्टचारलाई सर्वोच्च अदालतको केही दिन अगाडिको फैसालाले झापड हानेको छ ।

फेवातालको मापदण्ड साविक ६५ मिटर नै कायम राख्न अन्तरिम आदेश दिएको छ । म सम्मानित सर्वोच्च अदालतलाई धन्यवाद दिन चाहन्छु ।
फेवाताल संरक्षणमा अदालतको फैसला ऐतिहासिक छ । प्रशंसनीय छ ।

अदालतको फैसलाको सम्मानका लागि पनि ६५ मिटरभित्रका अवैध भौतिक संरचनाहरु तुरुन्त भत्काउनका लागि म जोडदारसंग नेपाल सरकारसमक्ष अनुरोध गर्छु ।

यसै गरी जिल्ला विकास समिति कास्कीका पूर्व सभापति पुण्यप्रसाद पौडेलको संयोजकत्वमा फेवाताल संरक्षण लगायतका लागि प्रतिवेदन पेश गर्न गठित समितिको २०७८ भदौ २८ को प्रतिवेदन सार्वजनिक गर्न समेत अनुरोध गर्दछु ।

फेवातालाको संरक्षणमा यतिले मात्र पुग्दैन यसको मुहान हर्पनखोला र यसका आसपासका साविक चापाकोट, भदौरे गाविस लगायतका क्षेत्रदेखिनै एकीकृत विकास र वातावरण संरक्षण लगायतका प्याकेजहरु बनाई स्थानीय नागरिकहरुको अग्रसरतामा कार्यान्वयन गर्न सरोकारवाला निकायहरुमा समेत अनुरोध गर्दछु ।

तस्वीर–डा.खिमलाल देवकोटा

देबकोटा राष्ट्रियसभाका सदस्य हुनुहुन्छ । राष्ट्रियसभाको बैठकमा उहाँले व्यक्त गर्नुभएको बिचार ।