२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

५२ देशबाट झन्डै २ खर्ब लगानी



अ+ अ-

काठमाडौं । नेपालमा आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्म वैदेशिक लगानी मौज्दात ८ दशमलव ५ प्रतिशतले बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७६/७७’ ले यस्तो देखाएको हो ।

उक्त आवको असार मसान्तसम्म नेपालमा रू. १ खर्ब ९८ अर्ब ५२ करोड वैदेशिक लगानी कायम भएको छ । त्यो भन्दा अघिल्लो आव २०७५/७६ मा प्रत्यक्ष वैदेशिक लगानी १ खर्ब ८२ अर्ब ९१ करोड रुपैयाँ कायम भएको थियो । त्यसभन्दा अघिल्लो आव २०७४/७५ मा वैदेशिक लगानी २ खर्बभन्दा बढी कायय भएको थियो ।

यो वैदेशिक लगानी प्रतिबद्ध गरिएको र भित्रिएको भन्दा नभएर कायम भएको वैदेशिक लगानी हो । वैदेशिक लगानी आएसँगै सम्बद्ध शेयर धनीले शेयर फिर्ता लैजाने काम पनि भइरहेको हुन्छ । साथै, सम्बद्ध शेयरधनीले लाभांश रकम नलगेर पुनः लगानी पनि गरेका हुन्छन् । ती सबैको हिसाब गर्दा २०७७ असार मसान्तसम्म त्यस बराबरको वैदेशिक लगानी कायम भएको हो ।

समीक्षा अवधिसम्म कायम वैदेशिक लगानीमा चुक्ता पूँजीको अंश ५४ दशमलव ४ प्रतिशत रहेको छ । यस्तै, लाभांशमार्फत गरिएको पुनः लगानी (रिजर्भ) को अंश भने ३३ दशमलव ८ प्रतिशत रहेको छ । यसैगरी ऋणको रूपमा ल्याइएको वैदेशिक लगानीको अंश ११ दशमलव ८ प्रतिशत रहेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । रकमका आधारमा चुक्ता पूँजीमा १ खर्ब ८ अर्ब ७ करोड, रिजर्भमा ६७ अर्ब ७ करोड र कर्जामा रू. २३ अर्ब ३७ करोड विदेशी लगानी कायम भएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।