८ भाद्र २०८३, सोमबार
,
Latest
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण १५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ दुखुखोला सडक पुल जोखिममा सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व संकलन कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालकोट बैठक आज पनि निष्कर्षबिहीन



फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख विपक्षी दल नेकपा एमालेका बीचमा केहीबेर अघि एमाले अध्यक्ष केपी ओलीको निवासमा भएको द्धिपक्षीय बैठक आज पनि निष्कर्षमा पुग्न नसकेको बताइएको छ । ओली निवास बालकोटमा साँझ बैठकका लागि कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा गगन थापा, ज्ञानेन्द्रबहादुर कार्कीसहितका नेता पुगेका थिए । सो बैठकमा प्रधानमान्त्री देउवा र एमाले अध्यक्ष ओली भने बसेनन् ।

देउवा जाने भनिएको सो बैठकमा अकस्मात देउवा नपुगेपछि बैठकमा ओली पनि बसेका थिएनन् । एमालेबाट भने सुवास नेम्वांग, विष्णु पौडेल, संकर पोखरेल आदि बसेका थिए । आजको बैठकमा पनि हिजोजस्तै दुबै दलका नेताहरु आआफ्नै अडानमा रहेपछि कुनै ठोस निर्णय नभएको नेताहरुले बताएका छन् । केही बेर अघि बैठक सकिएपछि त्यसमा सहभागी कांग्रेस नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकले कुनै निर्णय नगरेको र छलफल जारी रहने बताए ।

उनका अनुसार भोलि फेरि प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीसहितको बैठक हुने भएको छ । एमसिसी पारित गर्नका लागि आवश्यक पर्ने बहुमत जुटाउन प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल एमालेसँग हात बढाएका हुन् । तर अहिलेसम्म सरकारसामु बहुमत भने हात लागिसकेको छैन ।