१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपति रोड क्यारियरसहित विभिन्न फर्म विरुद्ध मुद्दा दायर



अ+ अ-

राजस्व अनुसन्धान विभागले कर छली अभियोगमा पशुपति रोड क्यारियर नेपाल प्रा.लि.सहित विभिन्न फर्मविरुद्ध उच्च अदालत पाटन ललितपुरमा मुद्दा दायर गरेको छ ।

विभागले राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ (पहिलो संशोधन) बमोजिम रु २२ करोड १९ लाख बराबरको बिगो कायम गरी अभियोगपत्र दायर गरेको छ ।

विभागले पशुपति रोड क्यारियर नेपाल प्रा।लि।लगायत विभिन्न १३ वटा फर्महरुले भन्सार नाका प्रयोग नगरी प्रज्ञापन पत्र समेत नभरी सामान आयात गर्दा सरकारलाई बुझाउनुपर्ने राजश्व नबुझाई आपसमा मिलेमतोमा राजश्व चुहावट गरेको भन्दै मुद्दा दायर गरेको हो ।