८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

झापामा सात वर्षपछि बल्झियो ‘भारतीय हात्ती’को उपद्रो

झापामा सात वर्षपछि बल्झियो ‘भारतीय हात्ती’को उपद्रो
फाईल फोटो
अ+ अ-

झापा । भारतको पश्चिम बङ्गाल र बिहारसँग सीमा जोडिएको झापाको दुईतिहाइ भाग जङ्गली हात्तीका कारण प्रताडित छ । हात्ती नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयासले दिगो समाधान भने दिनसकेको छैन ।चार दशकअघि जङ्गल मासेर मानव बस्ती विस्तार हुँदा झापाको उत्तरी गाउँ बाहुनडाँगीमा जङ्गली हात्तीको उपद्रो सुरु भएको थियो । त्यसयता विस्तारित मानव–हात्ती द्वन्द्व दक्षिणको कचनकबल र पश्चिमको दमकसम्म फैलिइसकेको छ । मानवीय र धनमाल क्षतिको ग्राफ पनि उकालिँदै गएको छ ।

वन डिभिजन कार्यालयका अनुसार अहिले जिल्लाको गौरादहबाहेक १४ पालिकामा मानव–हात्ती द्वन्द्वको समस्या छ । मेचीनगर, हल्दिबारी, भद्रपुर, कनकाई, अर्जुनधारा, बुद्धशान्ति र कचनकबलमा पनि यो समस्या विकराल बनिसकेको छ । विगत १० वर्षमै हात्तीको आक्रमणबाट झापामा ४० जनाको मृत्यु भइसकेको छ भने अन्नबाली र धनमालको क्षति करोडबाट अरबको अङ्कतिर बढ्दैछ । पछिल्लो दशकमा एक दर्जन हात्ती पनि मारिएका छन् ।

भारतको आसामसम्म विचरण गर्ने जङ्गली हात्ती पश्चिम बङ्गालको सुकुना जङ्गलबाट मेची नदी तरेर नेपालको बाहुनडाँगी पस्ने गरेका छन् । यसरी नेपाल पस्ने हात्तीको सङ्ख्या १०० को बथानसम्म हुने गरेको छ । नेपालतिर अन्नबाली पाक्ने बेलामा लस्कर लागेर आउने हात्ती केही महिनापछि भारततिरै फर्किने गरेका छन् । स्थानीयवासी यी हात्तीलाई ‘भारतीय’ भन्ने गर्छन् ।सात वर्षपछि बल्झियो समस्या

हात्तीले भयावह क्षति पु¥याउन थालेपछि सबैभन्दा प्रभावकारी नियन्त्रण प्रयासस्वरुप विसं २०७२ मा बाहुनडाँगीस्थित हात्ती छिर्ने मेची नदीको १८ किलोमिटर तटमा विद्युतीय तारबार निर्माण भयो ।

विसं २०७३ मा उद्घाटन भएयता छ वर्षसम्म भारतबाट हात्तीको प्रवेश ठप्पजस्तै भयो । त्यस अवधिमा झापामा रैथाने १३ वटा हात्तीले मात्र समस्या सिर्जना गरिरहे । भारतबाट सयौँको ताँती आउने क्रम रोकिएको थियो तर विगत वर्षदेखि विद्युतीय तारबार नाघेर भारतीय हात्तीको बथान नेपाल छिर्न थालेको छ । अझ पाँच महिनायता त सयौँको ताँती नै बाहुनडाँगीमा पसेको पुष्टि भएको छ । सात वर्षपछि भारतबाट हात्तीको हुल प्रवेश गरेपछि जिल्लावासीमा मानव–हात्ती द्वन्द्वको पुरानै हिंसात्मक घाउ बल्झिने त्रास फैलिएको बाहुनडाँगी गाविसका तत्कालीन अध्यक्ष नीलकण्ठ तिवारी बताउनुहुन्छ ।

“स्थानीय वनभित्र आश्रित रैथाने केही हात्तीले नै जिल्लामा ठूलो धनजनको क्षति पु¥याइरहेको अवस्था छ”, उहाँ भन्नुहुन्छ, “भारतबाट सयदेखि डेढ सयको सङ्ख्यामा आउने हात्तीलाई रोक्न सकिएन भने समस्या पहिलेकै जस्तो भयावह हुनेछ । दीर्घकालीन समस्या समाधानको उपाय भनेको तारबार मात्र हो ।”इलामको रोङ गाउँपालिकाको तिरिङबाट झापाको मेचीनगरको नकलबन्दासम्म मेची नदीको किनारै किनार १८ किलोमिटर लामो विद्युतीय तारबार प्रकृति संरक्षण कोषमार्फत आएको रु एक करोड २० लाख बजेटबाट निर्माण भएको हो । जसमा २५ वटा गौडामा प्रवेशद्वार निर्माण गरिएका छन् भने रेखदेखका लागि मानव–हात्ती द्वन्द्व व्यवस्थापन समितिमार्फत १२ जना कर्मचारी खटिने गरेको समितिका अध्यक्ष हरिप्रसाद उप्रेती बताउनुहुन्छ ।

बाह्र प्राविधिकमध्ये १० जनालाई रु पाँच हजारका दरले र दुई जनालाई रु १० हजारका दरले मासिक पारिश्रमिक दिएर काममा लगाइरहेको उहाँ जानकारी दिनुहुन्छ । अत्यन्त न्यून पारिश्रमिकमा काम गरिरहेका कर्मचारीको तलब र मर्मतका लागि चालु आर्थिक वर्षमा मेचीनगर नगरपालिकाले रु १० लाख दिएको अध्यक्ष उप्रेतीको भनाइ छ ।पछिल्लो समय बाहुनडाँगीमा हात्ती आतङ्कले भयाभव अवस्था सिर्जना गरेका कारण नियन्त्रणका लागि समितिलाई स्थानीय, प्रदेश र सङ्घीय सरकारको समेत सहयोग रहँदै आएको उहाँ बताउनहुन्छ ।

सीमा नजिकै निर्माण गरिएको तारको घेराबेरामा विद्युत् प्रवाह गरिएका कारण हात्तीलाई सीमामै छेक्न सजिलो भएको थियो तर घेराबेरा पुरानो हुँदै गएको, त्यसमा विद्युत् प्रवाह गर्ने ब्याट्री हराएको, घेराबेरा भत्किएको आदि कारणबाट हाल सजिलैसँग हात्ती भारततिरबाट नेपाल प्रवेश गर्न थालेको स्थानीयवासीको गुनासो छ ।“विद्युतीय घेराबेरा पनि बेलाबेलामा मर्मतसम्भार हुनुपर्छ, ब्याट्री फेर्नुपर्छ”, स्थानीयवासी भन्छन्, “तर सरोकारवाला यसतर्फ गम्भीर भएको पाइएको छैन ।” राजनीतिक दलहरुले समिति गठनमा सक्रियता देखाउने र काममा चाहिँ बेवास्ता दर्शाउने गरेको उनीहरुको आरोप छ ।

बाहुनडाँगीको २५ वटा गौडाको प्रवेशद्वारमध्ये आधा जति जीर्ण भइसकेको छ । रातभर विद्युत् प्रवाह गरिने सो घेराबेरा छिचोलेर मेची नदी ओहोरदोहोर गर्नेहरूले प्रवेशद्वार खोल्ने र बन्द गर्ने गर्दै आएका छन् । जसका कारण तार टुटफुट भएर विद्युत्को प्रवाहमै असर परेको छ । जनावरमध्ये बुद्धिमानी मानिने हात्तीले पनि लामो अवधिमा विद्युतीय घेराबेरा नाघेर जाने तरिका सिकिसकेको छ । ढुङ्गा, गिट्टी र अन्य वस्तुको तस्करी गर्नेले भत्काएको प्रवेशद्वारबाटै हात्तीहरू नेपाल पस्ने गरेका छन् भने कतिपय बयस्क हात्तीले रुखका हाँगा र पैतालाले किचेर सुरक्षित तरिकाले तारबार नाघेर जाने गरेको स्थानीयवासी बताउँछन् ।

नहरसहितको तटबन्ध बनाउने प्रस्ताव

विद्युतीय घेराबेराले समेत नछेकेपछि हात्तीलाई भारतबाट छिर्नै नदिने नयाँ उपायको रूपमा मेची नदी तटमा नहरसहितको तटबन्ध बनाउनुपर्ने प्रस्ताव अघि सारिएको छ ।सात वर्षपछि फेरि हात्तीको उपद्रो सुरु भएकामा चिन्तित झापा क्षेत्र नं १ का सङ्घीय सांसद राम कार्कीले भारतबाट हात्ती प्रवेश रोक्नका लागि मेची किनारमा सिद्धी नहरसहितको आधुनिक तटबन्ध बनाउनुपर्ने प्रस्ताव गर्नुभएको छ । सिद्धी नहर झापाको ठूला सिँचाइ परियोजनामध्ये एक हो । यसमा नेपाल सरकारले रु ४४ करोड लगानी गरिसकेको छ ।

“एक दर्जनजति उपाय गरिसक्दा हात्तीको प्रवेश रोक्न समर्थ नभएको अनुभवका आधारमा अब सिद्धी नहरलाई मेची नदीको किनारै किनार तटबन्ध बनाएर ल्याउनुपर्छ”, सांसद कार्की रासससँगको कुराकानीमा भन्नुहुन्छ, “यसो गर्न सकियो भने एकातिर हात्तीको प्रवेश रोकिन्छ र अर्कातिर बाहुनडाँगीमा सिद्धी नहरको पानी निर्वाध ल्याउन सकिन्छ ।”मेची नदीमा तटबन्ध बनाउने प्रक्रिया नेपाल सरकारले नै जनताको तटबन्ध परियोजनामार्फत सुरु गरिसकेको छ तर उत्तरतिरबाट केही किलोमिटर निर्माण भएपछि सरकारले चालु आवदेखि काम रोकेको छ । सांसद कार्की मन्त्रालयस्तरबाट हाल स्वदेशी लगानीको तटबन्ध निर्माण रोकिएको जानकारी पाएको बताउनुुहुन्छ । अब भारत सरकारको सहयोग लिइने हो भने इलामको रोङ–६ अम्बेडाँडाबाट सुरु हुने २२ किलोमिटर लामो सिद्धी नहरलाई मेचीको किनारै किनार बलियो तटबन्धसँगै बाहुनडाँगीमा ल्याउनुपर्ने उहाँको प्रस्ताव छ ।

अकरिलो पहाडी भिरबाट ल्याइएको हालको सिद्धी नहर हरेक वर्षायाममा पहिरोले क्षतिग्रस्त हुने गरेको छ । सीमामा आधुनिक तटबन्ध बनाइने हो भने नहर र सडक दुवै सञ्चालन गर्न सकिने सांसद कार्की बताउनुहुन्छ । यसका लागि नेपाल सरकार र सरोकारवालासँग परामर्श भइरहेको उहाँको भनाइ छ ।भारतबाट हात्तीको प्रवेश सीमामै रोक्न विगत दुई दशकमा मचान ९टुङ० घर निर्माण, हात्तीबार रोपण, सुरुङबार निर्माण, पटाका गस्ती अभियानलगायत अनेक उपाय गरिएको भए पनि अपेक्षित सफलता मिलेको छैन । पछिल्लो सात वर्षयता भने विद्युतीय घेराबारले हात्ती आउने क्रम रोकिएको थियो ।

घेराबारको संरक्षण नभएको आरोप

डिभिजन वन कार्यालयका प्रमख युवराज मास्के विद्युतीय घेराबार हात्ती छेक्ने प्रभावकारी उपाय भए पनि स्थानीयवासीले घेराबारको उचित संरक्षणमा ध्यान नदिएको आरोप लगाउनुहुन्छ । “घेराबार भएको स्थान भत्काएर मान्छेहरूले ढुङ्गा, बालुवा ओसारिरहेका छन्, कतिपय स्थानमा घाँस र झाडी बढेर तारको बेरा छोपिसकेको छ”, उहाँ भन्नुहुन्छ, “स्थानीय समिति र स्थानीय पालिकाले राम्रो हेरचाह नगर्दा घेराबार नै काम नलाग्ने अवस्थामा पुगेको हो । घेराबार नै बेकामे भएको भने होइन ।”

कार्यलय प्रमुख मास्केको भनाइमा सत्यता छ, किनभने मेची नदीको ढुङ्गा र बालुवाको दोहन गर्नेहरूले जथाभावीरूपमा विद्युतीय तारको घेराबारमा क्षति पु¥याएका हुन् । त्यस्ता गतिबिधिबाट घेराबारलाई जोगाउन मानव–हात्ती द्वन्द्व व्यवस्थापन समितिले प्रभावकारी कदम चाल्न सकेको छैन । अर्कातिर सीमामा तस्करी धन्धा चलाउनेहरूले पनि घेराबार भत्काउने गरेका छन् ।

विद्युतीय तार राखिएको क्षेत्रमा ढुङ्गा, गिट्टी ओसार्ने ट्र्याक्टर र ट्रकको ओहोरदोहोर रोकिनुपर्ने उहाँको सुझाव छ । घेराबारको मर्मतसम्भार र घाँस कटानका लागि स्थानीय समितिलाई चालु आर्थिक वर्षमा रु चार लाख बजेट वन कार्यालयले पठाएको छ । मेचीनगर नगरपालिकाले घेराबारको रेखदेखका लागि परिचालित १७ कर्मचारीका लागि बर्सेनि अनुदान प्रदान गर्दै आएको छ । स्थानीय समितिमार्फत खर्च हुने गरी मानव–हात्ती द्वन्द्व व्यवस्थापनका लागि सरकारले रु ३० लाखको कोष स्थापना गरिदिएको र त्यसको ब्याजबाट कर्मचारी एवं मर्मत खर्च चलाउन पाइने व्यवस्था गरिदिएको कार्यालय प्रमुख मास्के बताउनुहुन्छ । हाल विभिन्न ठाउँमा विद्युतीय तार चुडिएको वा बिग्रिएको भए प्रकृति संरक्षण कोषबाट ल्याएर मर्मत गर्न सकिने उहाँको सुझाव छ । रासस