८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार

उद्धार गरिएका बाघ देवनगरमा राख्ने तयारी

उद्धार गरिएका बाघ देवनगरमा राख्ने तयारी
फाईल फोटो
अ+ अ-

चितवन । उद्धार गरिएका बाघलाई देवनगर बरण्डाभार वन क्षेत्रमा राख्ने गरी तयारी अघि बढाइएको छ । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघको गतिविधि बढेसँगै त्यहाँ उद्धार गर्नु परेका बाघलाई देवनगरमा निर्माणाधीन उद्धार केन्द्र व्यवस्थित गरेर राख्न लागिएको हो ।

समस्यामा परेका बाघको सङ्ख्या बढेपछि विकल्पको खोजी थालिएको हो । हाल निकुञ्जमा तीन वटा बाघ खोरमा रहेका छन् । सङ्ख्या थपिँदै जाँदा हुर्किएका बच्चाले ठाउँ पाउँन नसक्दा बस्ती पस्ने, बुढो भएर आहाराको खोजीमा बाहिर निस्कने र मानिसलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा लिनुपर्ने हुन्छ । ती बाघ राख्न व्यवस्थित ठाउँ आवश्यक पर्दछ ।

बाघको बच्चा दुई वर्ष ६ महिना कटेपछि माउ छाडेर नयाँ ठाउँको खोजीमा हुन्छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले देवनगरको बरण्डाभार वन क्षेत्रमा निर्माणाधीन उद्धार केन्द्रमा बाघ राख्ने गरी काम अघि बढाइएको बताउनुभयो । समस्यामा परेका बाघलाई देशभित्र र बाहिर रहेका चिडियाखाना वा खोरमा राख्नुको विकल्प छैन । सो वन क्षेत्रमा पक्की पर्खाल लगाइसकिएको छ । हाल त्यहाँ चिकित्सकसहित बस्नका लागि घर र पोष्ट निर्माणाधीन रहेको छ ।

बाघ, गैँडा, चितुवा जस्ता जनावर राख्न पर्खाल लगाइएको वन क्षेत्रमा ठूला खोर बनाउने तयारी गरिएको हो । सो क्षेत्रमा दश वटासम्म बाघ राख्न सकिने उहाँ बताउनुहुन्छ । दीर्घकालीन समाधान हुने गरी काम अघि बढाउन लागिएको हो । समस्यामा परेका वन्यजन्तु राख्न यस अघिनै सो ठाउँमा काम भइरहेको छ ।

आचार्यले भन्नुभयो, “व्यवस्थित गर्दै जाँदा दस्तुर लिएर सर्वसाधारणलाई प्रवेश दिन सकिन्छ ।” जसको आम्दानीले केन्द्र सञ्चालन गर्न सकिने उहाँको तर्क छ । हाल कसरामा दुईवटा र सौराहामा एउटा खोरमा बाघ रहेका छन् ।

निकुञ्जको मुख्य कार्यालय कसरामा दुईवटा खोरमा बाघ छन् । तीमध्ये एउटा बाँकेबाट ल्याइएको झण्डै आठ वर्षको भाले बाघ हो । दोस्रो निकुञ्जकै देवनगर बेलसहर सामुदायिक वनमा दुई वर्षअघि नियन्त्रणमा लिइएको अन्दाजी १० वर्षको भाले बाघ हो । निकुञ्जको वन्यजन्तु अस्पताल सौराहामा यही वैशाख २७ गते राप्तीबाट नियन्त्रणमा लिइएको अन्दाजी १० वर्षको भाले बाघ रहेकोमा त्यसलाई केही दिन अघि निकुञ्जको भित्री भागमा लगेर छाडिएको छ ।

भरतपुरको राधाकृष्ण सामुदायिक वनमा नियन्त्रणमा लिइएको अन्दाजी ७ वर्षको भाले बाघ वन्यजन्तु अस्पतालको खोरमा राखिएको छ । यो बाघले १० दिनमा दुई जना मानिसलाई आक्रमण गरेको थियो । चालु आर्थिक वर्षमा हालसम्म बाघको आक्रमणबाट १६ जनाको मृत्यु भएको छ । जसमध्ये एक जना कर्मचारीको निकुञ्जभित्र मृत्यु भएको हो ।

दुई जनाको दाउन्नेको जङ्गलमा र १३ जनाको मध्यवर्ती वन क्षेत्रमा बाघले खाएर मृत्यु भएको हो । साउनयता चार बाघ नियन्त्रणमा लिइएर खोरमा राखिएको थियो । तीमध्ये एउटा छोडेपछि मरेको छ भने अर्को एउटा छोडेर अनुगमन गरिँदै आएको छ ।

बाघको आक्रमणबाट धेरै मानिसको मृत्यु भएको यो हाल सम्मको उच्च दर हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार अघिल्लो आर्थिक वर्षमा बाघको आक्रमणबाट पाँच जनाको मृत्यु भएको थियो । बाघको सङ्ख्या बढेका कारण बाघ धेरै देखिएको र घटना भएको अनुमान गरिएको छ । सन् २०१८ मा गरिएको गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा बाघ रहेका थिए । त्यतिबेला देशभरको सङ्ख्या २३५ थियो । यसवर्ष बाघ गणना भइसकेको छ । विश्व बाघ दिवसको अवसरमा तथ्याङ्क सार्वजनिक गरिँदै छ ।

बाघको सङ्ख्या बढेको अनुमानसँगै निकुञ्जभित्र नमूना घाँसे मैदान बनाउन प्रस्ताव गरिएको छ । बाघ र तीनका आहारा प्रजातिलाई बासस्थानको व्यवस्था गर्न निकुञ्ज जुटेको छ । ठाउँ विस्तार गर्न नसकिने भएकाले भएको क्षेत्र व्यवस्थित गर्न आवश्यक रहेको तिवारी बताउनुहुन्छ ।रासस