२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्मिता र निर्मला मृत्यु प्रकरणमा अनुसन्धान जारी: गृहमन्त्री



अ+ अ-

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले डडेलधुराकी जमरानीया आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कार्यरत अस्मिता धामीको मृत्युको घटनामा अनुसन्धान जारी रहेको सदनलाई जानकारी दिनुभएको छ ।

असार २ गते कोभिड–१९ को खोपसहितको सामग्रीसहित हिँडेकी धामी सामुदायिक वन नजिकको खोल्सामा असार ५ गते मृत अवस्थामा फेला परेकी थिइन् । उनले प्रयोग गर्ने मोबाइल घटनास्थल केही पर फेला परेको थियो । उक्त घटना के कसरी भएको हो भन्ने विषयमा खोजी कार्य जारी रहेको उहाँले बताउनुभयो ।

यस्तै निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका दोषीको लामो समयदेखि खोजी कार्य भइरहेको र प्रहरीले बहुआयामिक ढङ्गले अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो । गृहमन्त्री खाणले डिएनए परीक्षण गरेर नै अनुसन्धान जारी राखिएको स्पष्ट पार्नुभयो ।

आजको बैठकमा सांसदहरू खिमलाल देवकोटा, जितेन्द्रनारायण देव, सुरेश आले मगर, देवेन्द्र दाहाल र सोनाम गेल्जेन शेर्पाले गृहमन्त्री खाणसमक्ष पुरक प्रश्न राख्नुभएको थियो । उहाँहरूका प्रश्नको जवाफमा गृहमन्त्री खाणले नेपालमा आएर बसेका शरणार्थीहरुको जीवन यापन सहज र मानवअधिकार रक्षामा सरकार गम्भीर रहेको बताउनुभयो ।

सङ्घ र प्रदेशगत सुरक्षाका विषयमा उठेका प्रश्नमा गृहमन्त्री खाणले नेपाली सेना, सशस्त्र प्रहरी बल, र नेपाल प्रहरीलाई सङ्घ र प्रदेश प्रहरीको रुपमा विभाजन गरिएको जानकारी दिनुभयो । पछिल्लो पटक सङ्घीय राजधानी काठमाडौँलाई सङ्घीय प्रहरीले नै सुरक्षाको जिम्मा लिने भन्ने विश्वमा अभ्यास रहेको उल्लेख गर्दै मन्त्री खाणले संसद्, कूटनीतिक नियोग, प्रधानमन्त्री, राष्ट्रपतिको कार्यालयसहति संवेदनशील निकाय रहेकाले कुनै झन्झट नहोस् भनेर सङ्घीय सरकारले नै सुरक्षा लिनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले सिमित साधनश्रोतबाट धेरै सेवा दिने कसरी भन्नेमा नै बढी ध्यान गएको बताउनुभयो ।