८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

बेँसीसहर–चामे सडक बन्द

बेँसीसहर–चामे सडक बन्द
अ+ अ-

लमजुङ । बेँसीसहर–चामे सडकखण्ड बन्द गरिएको छ । यस सडकखण्डको सल्लाघारी भिरमा सडक ढलान गर्नका लागि आज बिहान ६ बजेदेखि १३ गते साँझ ६ बजेसम्मका लागि सडक बन्द गरिएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका इञ्जिनीयर पुरुषोत्तम अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “बेँसीसहर चामे सडकखण्डअन्तर्गत मनाङको चामे गाउँपालिका–२ सल्लाघारीमा साँघुरो सडक रहेकाले ढलान गर्नका लागि सवारीसाधन पूर्णरुपमा बन्द गरिएको छ ।’’

उक्त गाउँपालिकाको विभिन्न ठाउँमा उक्त आयोजना कार्यालयमार्फत ठेक्कामा ढलान कार्य भइरहेको छ । गाउँपालिकाले ढलान सहजरुपमा गर्नका लागि मनाङको जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएकामा उक्त कार्यालयले बुधबार एक सूचना जारी गर्दै सडक बन्द गरी ढलान कार्यमा सहज बनाउन बाटो बन्दगरेसँगै दुई दिन सडक बन्द गरिएको हो । यहाँ पैदल यात्रुबाहेक सबै प्रकारका सवारी साधनलाई आवतजावत गर्न जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ ।

सल्लाघारीमा एक दम गाह्रो ठाउँ रहेछ, तल र माथि ठूलो भिरका बीचमा सडक रहेको र साँघुरो सडकका कारण जोखिम हुने भएकाले सवारीसाधन पूर्णरुपमा बन्द गरी ढलान सुरु गरिएको हो । बेँसीसहर–चामे सडकखण्डअन्तर्गत यहाँ २० मिटर सडक ढलान हुने कार्यालयका सूचना अधिकारीसमेत रहनुभएका इञ्जिनीयर अधिकारीले जानकारी दिनुभयो ।

हिमाली जिल्ला मनाङलाई सडक सञ्जालमा जोड्ने सरकारको योजनाअनुरुप विसं २०५१ देखि सडक डिभिजन कार्यालय दमौली–तनहुँ शाखाले बेँसीसहर चामे सडक निर्माण अघि बढाएको थियो तर पछि जनयुद्ध र अन्य विविध कारणले तत्कालीन नेपाली सेनाले उक्त सडक विसं २०५७ देखि निर्माण गर्ने पुनःजिम्मेवारी प्राप्त ग¥यो । तत्कालीन नेपाली सेनाले शान्ति प्रक्रियपछि मात्र सडक निर्माणलाई निरन्तरता दिँदै बाँदरसमेत लड्लाजस्तो जोखिमपूर्ण भिरमा ज्यानको बाजी लगाउँदै विसं २०६९ मा सडक निर्माण गरी सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरेको थियो । उक्त सडकको ६५ किलोमिटरमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किमी छ । यस सडकमा दैनिक दर्जनाँै जीप, साना तथा मालवाहक सवारीसाधन गुड्ने गर्दछ । सवारीसाधन नचल्दा यात्रु मर्कामा पर्ने गरेको छ ।