८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

बजार अनुगमनः म्याद गुज्रेको सामान नष्ट

बजार अनुगमनः म्याद गुज्रेको सामान नष्ट
अ+ अ-

लहान । ग्रामीण क्षेत्रका बजारबाट अयोग्य तथा म्याद गुज्रेको खाद्य पदार्थ नियन्त्रणमा लिई नष्ट गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सप्तरी र घरेलु तथा साना उद्योग कार्यालय सिरहाको पहलमा खटिएको संयुक्त अनुगमन टोलीले सिरहाको भगवानपुर र धनगढीमाई नगरपालिकाको धनगढी बजारबाट करिब रु ५० हजार मूल्य बराबरको म्याद गुज्रेको खाद्य पदार्थ नियन्त्रणमा लिई नष्ट गरेको हो ।

अनुगमनका क्रममा भगवानपुर बजारस्थित अमन किराना पसल, ज्योति गल्ला भण्डार, कृष्णा जेनरल फेन्सी स्टोर्सलगायत विभिन्न पसलबाट म्याद गुज्रेको मैदा, मसला, पाउण्डर दूध, खानेतेल, सुर्ति, बिँडी, भुज, चिउरालगायतका सामान नियन्त्रणमा लिई नष्ट गरेको सो डिभिजन कार्यालय सप्तरीका प्रमुख सुरेशकुमार सिंहले जानकारी दिनुभयो ।

यस्तै सिरहाको धनगढीमाई –१० स्थित धनगढी बजारमा गरिएको बजार अनुगमनका क्रममा रोहित किराना पसल, शम्भु एण्ड धीरज ट्रेडर्स र ओमनमः शिवाय किराना पसलबाट म्याद गुज्रेको मैदा, खानेतेल, स्वायबिन, मसलालगायतका सामान नियन्त्रणमा लिई नष्ट गरेको प्रमुख सिंहले बताउनुभयो ।

उहाँका अनुसार धनगढी बजारस्थित विभिन्न होटल तथा मिष्ठान्न भण्डारमा अनुगमन गर्दा हानिकारक रङको प्रयोग गरी तयार पारिएको मिठाई तथा म्याद गुज्रेको पेय पदार्थसमेत नियन्त्रणमा लिई नष्ट गरिएको छ । अनुगमनका क्रममा मूल्यसूची नराखेका पसलमा अविलम्ब उपभोक्तालाई देखिने गरी मूल्यसूची राख्न, म्याद गुज्रिएका खाद्यवस्तुलाई नष्ट गरी उचित व्यवस्थापन गर्न र दर्ता नभएका पसल, व्यवसायी दर्ता गराउन पहिलोपटक चेतावनी दिएको घरेलु तथा साना उद्योग कार्यालय लहान सिरहाका प्रमुख दीपेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।

अर्कोपटक अनुगमन गर्दा यस्तो नगरेको पाइएमा थप कडा कारबाही गरिने उहाँले बताउनुभयो । विगतमा सहर केन्द्रित गर्दै आएको बजार अनुगमनलाई केही दिनदेखि ग्रामीण क्षेत्रमा केन्द्रित गरेको उहाँको भनाइ छ ।