४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा

खुल्ला सम्पदाको संग्रालय लोमान्थाङ – फोटो फिचर

खुल्ला सम्पदाको संग्रालय लोमान्थाङ – फोटो फिचर
अ+ अ-

लोमान्थाड प्राचीन बस्ती र दरबारः

यो वस्ती जोमसोमबाट ८२ किलोमिटर उत्तरी भागमा पर्छ । जोमसोम हुंदै जान गाडीको यात्राबाट सहज छ । बाह्रै महिना जाडो हुने हुंदा न्यानो कपडाको व्यवस्था गर्नुपर्छ ।

यो मध्यकालिन वस्ती माटोको शहरको रुपमा लिन सकिन्छ । उतिबेला यहां जति संरचना निर्माण भए सबै माटो र काठले मात्र बनेका छन । यसको खास कारण यो क्षेत्रमा पानी नपर्ने हुंदा माटोको संरचना बनेको देखिन्छ । यहाँको ऐतिहासिकता र पुरातात्विक भनेको दरबार र यहाँका गुम्बा हुन ।

मध्यकालमा यो स्थानमा धेरै लडाई र बाहिरी आक्रमण हुन्थ्यो भन्ने कुरा यहाँको संरचनाले व्यक्त गर्दछ । यहाँ अहिले पनि करिब ३० फिटको वरिपरि पर्खालभित्र दरबार र वस्ती रहेको पाइन्छ । यो पर्खालभित्र अझै पनि १८० वटा माटाका घरहरु छन । १०८ कोठाको ५ तले दरबार छ । दरबार र वस्तीको वरिपरि कुलेसो बनाएर पानी घुमाएको छ । यसले त्यो बेला कुनैबेला आगलागि भैहालेमा निभाउन स्थानीय प्रविधिको भरपुर प्रयाग गरेको देखिन्छ । यो वस्तीका सबै घरहरु र दरबारमा सेतो कमेरोले पोतेको छ । वस्तीको वरिपरि ३ वटा गुम्बाहरु छन । यी गुम्बामा रातो माटोले पोतेकोे छ ।

यसले सेतो भागलाई राज क्षेत्र र रातो भागलाई धर्म क्षेत्रको संकेत गर्दछ ।

यो प्राचीन वस्तीमा ३ वटा ऐतिहासिक गुम्बाहरु छन । छोदे अथवा मोन्छयो ड्रग्कार थेग्छेन लिङ गुम्बामा लामा सम्बन्धी पढाई हुन्छ भने भ्mयाम्बा र थुक्छेन गुम्बामा चाहीं धार्मिक कार्यक्रमहरु हुने गर्छन । यहाँको जन्मदेखि मृत्यु संस्कार सम्मको अध्ययन गर्दा हरेक जीवन गुम्बासँग जोडिएको पाइन्छ ।

भ्mयाम्बा गुम्बाभित्र पनि साना ठूला गरी १०८ वटा मण्डलाचित्र छन । ५५ फिटको माटोको बुद्धको मुर्ती छ । यसले पछि आउने बुद्धलाई जनाउँछ । छेउछेउमा दुईटा अवलोकेश्वर र मञ्जुश्री (झम्पीयाङ वा ज्ञानकी देवी) को मुर्ती छ ।

यहाँ लोमान्थाङको प्राचिन वस्तीको समयको पुरानो ङुन्गा छोदे गुम्बा पनि पुनः निर्माण हुँदैछ । ठाउँठाउँमा मनमोहक ८ वटा छोर्तेनहरु छ । झम्पा गुम्बा को ऐतिहासिकता भनेको प्राचीन मण्डला चित्र हो , गुम्बाभित्र १५ फिटको मण्डला चित्र देख्न सकिन्छ । यो नै नेपालको सबैभन्दा ठूलो भित्तेचित्र हो ।

अर्को छेदे गुम्बाःयहां धातुका मुर्तीहरुको संग्रह नै छ । दरबारः पटाङ्गीनी छ , यहांको महत्व माटोको पर्खाल हो । यो क्षेत्रलाई गुफाको शहर पनि भन्न सकिन्छ । यहाँबाट तिब्बत नजिक पर्ने भएकोले व्यापार र तिब्बतको सम्बन्ध धेरै नजिकको छ ।

फोटो- पदम तिमिल्सिना / अल थ्री मिडिया