११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

टीकापुरमा बृहत् ढल निकासको काम समयमै सक्न ताकेता

टीकापुरमा बृहत् ढल निकासको काम समयमै सक्न ताकेता
अ अ+ अ-

टीकापुर । कैलालीको टीकापुरमा खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको बृहत् ढल निकासको काम १२ किलोमिटर निर्माण भएको छ । यही पुस १५ गतेसम्म २९.५ किलोमिटर ढल निर्माण गरिसक्नुपर्ने सम्झौता भए पनि अहिलेसम्म १२ किमी मात्र निर्माण भएको छ । निर्माण कम्पनी टुँडी कन्ट्रकसनले कोरोना महामारीलगायतका विविध कारणले समयमै काम नसकिने बताउँदै आएको छ ।

वर्षात्का समयमा आकाशको पानीबाट हुने डुबानलाई रोक्ने उद्देश्यले सुरु गरिएको बृहत् ढल निर्माण कार्यअन्तर्गत यही असार महिनासम्म १३ किमी निर्माण गरिसक्ने गरी काम भइरहेको सहरी खानेपानी तथा सरसफाइ आयोजना क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय पश्चिम क्षेत्र आयोजना कार्यान्वयन समूहका परामर्शदाता अरुण रोस्याराले जानकारी दिनुभयो ।

“ढल बनिरहेको छ । चालू आर्थिक मसान्तसम्म १३ किमी पूरा हुन्छ”, रोस्याराले भन्नुभयो, “ढल निर्माणाधीन अवस्थामा छ । यो नियमित निर्माण भइरहन्छ । ढल बनेमा टीकापुरमा आकाशे पानी निकासमा सहज हुन्छ ।”

रोस्यारा आफूहरूले निर्माण कम्पनीलाई काम समयमै सक्न ताकेता गरिरहेका बताउनुभयो । “दुई वर्षमा काम सक्नुपर्ने सम्झौता हो । अब निर्माण सक्नुपर्ने समय छ महिना बाँकी छ”, उहाँ भन्नुहुन्छ, “कोरोना महामारीका कारण भएका लकडाउनलगायतका कारणले निर्माण कार्यमा केही ढिलाइ भएको देखिन्छ ।”

ढल निर्माण कार्य सुरु हुँदा टीकापुरका नागरिक ढल निकासको समस्या समाधान हुनेमा खुसी छन् । ढल बनेमा टीकापुरलाई आकाशे पानीको डुबानबाट जोगाउन सहयोग पुग्ने भए पनि निर्माण कार्य धमाधम गर्नुपर्ने स्थानीय पवन तिमिल्सिना बताउनुहुन्छ । “ढल बनेमा आकाशे पानीका कारण हुने डुबानबाट मुक्ति मिल्ला भन्ने आशा हामीले गरेका छौँ । निर्माण कार्यमा सघाउनु हाम्रो दायित्व पनि हो”, तिमिल्सिना भन्नुहुन्छ, “तर काम समयमै गर्नुपर्छ । निर्माण कार्य धमाधम गर्न आवश्यक छ । बर्खा लागिसकेकाले दुर्घटनाको जोखिम हुन्छ ।” २९.५ किमी लम्बाइको ढल निकासको पानी जमरा र ज्ञानी कुलामा व्यवस्थापन गरिनेछ । सडकमा आएको पानी सडकमा जम्मा नभई नालीमार्फत व्यवस्थापन हुने र डुबानका कारण बर्सेनि खेप्दै आएको सास्ती कम हुने टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारु बताउनुहुन्छ ।

“निर्माणाधीन अवस्थामा रहेकाले जताततै खाल्डाखुल्डी हुँदा नागरिकलाई केही समस्या हुनसक्छ । हामीले ढल निकास नभएका कारण हुने समस्या समाधानका लागि काम गरिरहेका छौँ”, नगर प्रमुख थारु भन्नुहुन्छ, “निर्माणका कार्य सम्पन्न गराउन सबैको सहयोग चाहिन्छ । धुलोधुवाँ, बाटो अवरुद्ध जस्ता कार्य हुन्छन् । यसमा नागरिकको सहयोग आवश्यक छ ।”

यसका साथै टीकापुर नगरपालिका आफैँले बर्खामा डुबान हुने क्षेत्र तथा ब्लकमा अस्थायी ढल निर्माण थालेको छ । नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध युवा परिचालन गरेर निकास गर्नुपर्ने ठाउँमा ढल खन्ने र आवश्यक ठाउँमा ह्युमपाइप राखेर निकास खोल्ने काम गरिरहेको जनाएको छ ।

ढल निकास र मानव मलमूत्र व्यवस्थापन गरी रु ६० करोड ६९ लाख तीन हजार लगानीमा निर्माण भइरहेको आयोजनामा कूल लागतको ८५ प्रतिशत रकम एडिबीले सहयोग गरेको छ भने बाँकी १५ प्रतिशत टीकापुर नगरपालिकाले लगानी गरेको छ । मानव मलमूत्र व्यववस्थापन निर्माण सकिएर सञ्चालनमा आएको छ भने ढल निर्माण कार्य जारी छ ।