काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले अहिले ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा घरेलु टिमविरुद्ध नेपालले टस जितेर ब्याटिङ गरिरहेको छ ।
नेपालले पहिलो विकेट गुमाएको छ । पहिलो विकेटको रुपमा ओपनर कुशल भुर्तेल शून्य रनमा आउट भएका छन् ।
उनलाई बिलाल खानले आउट गराएका हुन् ।