१७ असार २०८३, बुधबार
,
Latest
देशभरका साना नदीमा आकस्मिक बाढीको जोखिम, तीन दिन सतर्क रहन आग्रह जङ्गली जनावरका लागि श्रीमानले राखेको विद्युतीय पासोमा श्रीमती परेपछि … आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द तनहुँका सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन दिक्तेलको रुपाकोट मझुवागढीमा मूर्तिकला कार्यशाला फोहरबाट आम्दानी गर्दै मध्यविन्दु ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ४० हजार राजस्व संकलन चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पर्यटक आकर्षित गर्न काँकडभिट्टा नाकामा पर्यटकीय संरचना निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी स्थायी कमिटी बैठकः पार्टीको विधान पारित



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीको विधान पारित गरेको छ । म्ांगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले आगामी केन्द्रिय समिति वा राष्ट्रिय सम्मेलनले परिमार्जनसहित अनुमोदन गर्नेगरी पार्टीको विधान पारित गरेको हो । 

बैठकले पार्टीको निर्वाचन आयोग पनि गठन गरेको छ । विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २२ सदस्यीय पार्टीको निर्वाचन आयोग पनि गठन गरिएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनु भयो । आयोगलाई पार्टीको स्थानीयदेखि केन्द्रसम्मको निर्वाचन कसरी गर्ने? भन्ने विषयमा नियमावली र निर्देशिका बनाउने जिम्मेवारी पनि बैठकले दिएको छ । 

प्रवक्ता महराले स्थायी कमिटीको बैठकले अहिलेसम्म सम्पर्कमा आएका ४५ वटा पार्टीबाट विद्रोह गरेका नेताहरुलाई कसरी समायोजन गर्ने र यस सम्बन्धी कार्यान्वयनका लागि बनेको गठित कार्यदलले प्रतिवेदनको पूरा रुप दिन आग्रह गरिएको बताउनुभयो ।

पार्टी प्रवक्ता महराले भन्नुभयो, ‘पार्टीको विधानलाई अन्तिम रुप दिनको निमित्त भाषा सम्पादन गर्ने केही साथीहरुलाई जिम्मेवारी दिइएको थियो, आज अलिकति थपघट भाषामा हेरफेर गर्नुपर्ने आवश्यक्ता रहेकोले त्यो सक्ने र केही चिज परिमार्जन गर्ने भएमा परिमार्जन गर्ने तर त्यो आगामी केन्द्रिय समिति वा राष्ट्रिय सम्मेलनले अनुमोदन गर्ने गरी विधान पास गरियो, पर्टीको निर्वाचन आयोग बनायौँ, २२ जनाको पार्टीको निर्वाचन आयोग बनायौँ, विष्णुप्रकाश श्रेष्ठको संयोजकत्वमा त्यसलाई के म्यान्डेट् दिइयो भने आफ्नो नियमावली राजनीतिक निर्देशिका बनाउन पार्टीको स्थानीयदेखि केन्द्रसम्मको निर्वाचन कसरी गर्ने भन्ने विषयमा नियमावली बनाउन, निर्देशिका बनाउन जिम्मा पनि उहाँलाई त्यो आयोगले दिइयो, अर्को विभिन्न पार्टी, खास गरेर अहिलेसम्म सम्पर्कमा आएका ४५ वटा पार्टीबाट विद्रोह गरेका कतिपय पार्टी नै एकतामा आउने गरेका विभिन्न कुराको एकता प्रक्रिया र समायोजन कसरी गर्ने कुन तहमा समायोजन गर्ने भन्ने विषयमा एउटा कार्यदल गठित भएको थियो, त्यो कार्यदलले प्रतिवेदन अहिलेसम्मको बुझाइयो, केही बाँकी छ, त्यसैले त्यो पूरा गरेर उहाँहरुलाई प्रतिवेदनको एउटा रुप दिन फेरि जिम्मा दिइयो ।’

प्रवक्ता महराले फेरि सर्वदलीय बैठक बसेर वा छुट्छुट्टै बैठक बसेर भएपनि संसद राम्रोसँग चलाउनुपर्छ भन्ने कुरामा नै नेकपा माओवादी अडिक रहेको बताउनुभयो ।