२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्भेस्टमेन्ट र मेगा बैंकको शेयर कारोबार रोकियो



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको शेयर कारोबार रोक्का गरिएको छ । ती दुई बैंकले एकापसमा गाभिने निर्णय गरेका छन् । एकापसमा गाभिने निर्णय भएकाले तत्कालका लागि शेयर कारोबार रोक्का भएको हो ।

मेगा बैंकका कम्पनी सचिव तुल्सीराम पोखरेलका अनुसार यही जेठ २७ गतेको सञ्चालक समितिको ३६०औँ बैठकले मेगा बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक एकापसमा गाभिने सम्बन्धमा समझदारीमा हस्ताक्षर भएको जानकारी दिनुभयो ।

सोही निर्णयका आधारमा कारोबार रोक्काका लागि नेप्सेलाई आग्रह गरिएको हो । दुई बैंक एकापसमा गाभिएपछि सबैभन्दा ठूलो बैंक बन्नेछ । एकापसमा गाभिएपछि बैंकको नाम नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहने बताइएको छ ।

आगामी असोज मसान्तसम्म एकीकृत कारोबार गर्ने तयारी गरिएको छ । दुई बैंक एक आपसमा गाभिएपछि बन्ने बैंकको कूल चुक्तापूँजी रु ३२ अर्ब ८१ करोड हुनेछ ।