८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

सरकारलाई एमालेको प्रश्नः किसानले मल कहिले पाउँछन् ? (भिडियोसहित)

सरकारलाई एमालेको प्रश्नः किसानले मल कहिले पाउँछन् ? (भिडियोसहित)
अ अ+ अ-

काठमाडौं । नेकपा(एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले किसानले मल कहिले पाउँछन् भन्ने विषयमा सरकारको जवाफ माग गर्नुभएको छ ।

सोमबारको प्रतिनिधि सभा बैठकमा संसदको कार्यसूचीलाई स्थगन गरी किसानलाई मल उपलब्ध गराउने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्दै प्रमुख सचेतक भट्टराईले किसानले मल कहिले पाउँछन् सो विषयमा सरकारले जवाफ दिनुपर्ने बताउनुभएको हो । उहाँले मलको अभावको विषयमा सरकारलाई पहिले नै जानकारी भएपनि यथोचित कदम चाल्न नसकेको बताउनुभयो । उहाँले मल केहि दिनमा आउँछ भनेर मन्त्रीहरुले भन्ने गरेको उल्लेख गर्दै कुन दिन किसानले मल पाउने हो त्यसको जवाफ दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘संसदको बैठकको कार्यसूचीलाई स्थगन गरेर राष्ट्रिय महत्वको विषय भएर स्थगत प्रस्ताव राखेर मल कहिले आउँछ ? कुनदिन किसानले पाउँछन् र कहाँबाट ल्याउनुहुन्छ यि सबै कुराको एक एक जवाफ आज हामीले प्रतिनिधि सभा समक्ष खोजेको कुरा म राख्न चाहान्छु । नेपाल सरकारले मलको कुरामा यथोचित कदम चालेन भने, जब अरु देशबाट हामीले आयात गर्नुपर्छ र अहिले अन्तर्राष्ट्रिय बजारमा मलको संकटहरु छन् भन्ने कुरा आज थाहा पाएर त हुँदैन होला ? हिजो अस्ति नै थाहा थियो होला नि सरकारलाई । अस्ति यहाँ एक जनाले जवाफ दिदा भन्नुभयो केहीदिन पछि मल आउँदैछ भन्नुभएको थियो । केही दिन भनेको कहिले हो ? पछि माग फागुनतिर हो कि ? कहिले हो केहीदिन भनेको ? त्यसको पनि हामीले जवाफ खोजेका छौँ ।’

उहाँले किसानलाई मल दिन नसके सरकारले खाद्यान्न आयातलाई घटाउन नसक्ने बताउनुभयो । प्रमुख सचेतक भट्टराईले मल अभावको विषयमा बजार, संसद तथा सञ्चार माध्यमहरु बारम्बार बोलिरहेको भएपनि सरकार यसप्रति बेखबर रहेको टिप्पणी गर्नुभयो । मलको अभावमा जनता रोइरहको बोलामा सरकार मुकदर्शक भएर बसेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘नेपाल सरकारले आफ्नो नीति र कार्यक्रममा यो वर्ष ३० प्रतिशत धान उत्पादन बढाउने अर्थात् हामीले धानको, खाद्यान्नको आयातलाई घटाउने भनेर कार्यक्रममा ल्याइएको छ । जुन वर्ष ३० प्रतिशत आयात घटाउने भनेर कार्यक्रममा ल्याएका छौँ । त्यही वर्षचाहीँ एक दानापनि किसानलाई मल दिन सक्दैनौँ अनि के आधारमा हामी उत्पादन बढाउँछौँ ? के आधारमा हाम्रो आयात घट्छ ? मल अभावको कुरा बारम्बार संसद, सञ्चारमाध्यममा उठिरहेको छ । तर सरकार यसप्रति बेखबर छ । कहिँ कतै जवाफ सुन्न पाइदैन सरकारको । यत्रो ठुलो अभावको बेलामा, जनता रोएर बसिरहेको बेलामा, उत्पादन गिरावट आउने खतराको घण्टी बजिरहेको बेला सरकार मौन धारण गरेर बसेको छ । सरकार मुकदर्शक भएर बसेको छ । मन्त्रीज्यूहरु यसमा जिम्मेवार भएको कहीँ कतै अनुभुति गर्न पाइएको छैन ।’

किसानलाई मल उपलब्ध गराउन सरकार र सरकारका मन्त्रीहरु जिम्मेवार नभएको उहाँले बताउनुभयो ।