काठमाडौं । यही असोज दोस्रो सातादेखि काठमाडौंमा चौंथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) सुरु हुँदैछ ।
जसका लागि वेस्ट इन्डिजका बलर केस्रिक विलियम्सले पोखरा राइनोजबाटै खेल्ने भएका छन् ।
पोखराले दोस्रो विदेशी खेलाडीको रूपमा विलियम्सलाई सार्वजनिक गरेको हो ।
विलियम्सलाई पोखराले गत वर्ष पनि टोलीमा अनुबन्ध गरेको थियो । यद्यपि कोरोना भाइरसका कारण प्रतियोगिता स्थगित गरिएको थियो ।
उनले वेस्ट इन्डिजबाट ८ एकदिवसीय र २६ टि-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । टि–२० अन्तर्राष्ट्रिय ४१ र एकदिवसीयमा ९ विकेट लिन सफल छन् ।
१०८ टि–२० खेलमा उनले १४० विकेट लिएका छन् ।
इपिएल असोज ९ देखि २३ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने छ । जसको विजेताले ५० लाख र उप विजेताले १५ लाख रुपैयाँ पुरस्कारस्वरुप पाउनेछन् ।