एजेन्सी । बलिउड अभिनेता अजय देवगनले 'बाहुबली' भन्दा ठूलो बजेटमा आफ्नो ड्रिम प्रोजेक्ट गर्ने भएका छन् ।
४ सय करोडको बजेटमा उनले आफ्नो फिल्म निर्देशन गर्ने भएको पिंकभिल्लाले उल्लेख गरेको छ ।
सुपरहिट फिल्म ‘बाहुबली’ २ सय ५० करोडमा बनेको थियो । भिएफएक्सको ठूलो काम हुने यस फिल्मलाई लिएर अजय निकै उत्साहित छन् । तर फिल्मको फाइनल स्क्रिप्ट तयार भइसकेपछि उनको ड्रिम प्रोजेक्टको भविष्य थाहा हुने बताइएको छ ।
यद्यपि उनी अन्य फिल्महरुको काममा व्यस्त भएका कारण यो फिल्म बन्न धेरै समय लाग्ने बुझिएको छ । यस्तै फिल्मको बजेट अज बढ्न सक्ने पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।