२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक करोड १० लाख बिगो कायम भएका फरार प्रतिवादी पक्राउ



अ+ अ-

काठमाडौं । बैंकिङ कसुर मुद्दामा रु एक करोड १० लाख बिगो कायम भई फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ नागार्जुन नगरपालिका–१० स्युचाटार बस्ने सर्लाही हरिपुर नगरपालिका–१ ठेगाना भएका ३४ वर्षीय नरेन्द्रप्रकाश सुवेदीलाई प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उक्त कसुरमा उच्च अदालत पाटन ललितपुरबाट २०७८ साल फागुन २० गते पक्राउ अनुमतिसमेत जारी भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त जनसेवा पठाइएको जनाइएको छ ।