• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्री दाहाल विदेशीको दबाबमा सत्ता समिकरण परिवर्तन गर्दै हिँड्छन्: लिङदेन ★   नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता ★   गण्डकी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित ★   नेपालीको औषत आयु ७१.३ वर्ष, वार्षिक जनसंख्या वृद्धि ०.९२ प्रतिशत ★   नेप्से परिसूचक ओरालो यात्रामा ★   गण्डकीका मुख्यमन्त्री अधिकारीले मागे विश्वासको मत ★   डढेलोका कारण दुनाटपरी बनाउने उद्योग सङ्कटमा ★   महिला टी–२० विश्वकप २०२४ को खेल तालिका सार्वजनिक ★   जापानी विदेशमन्त्री खामिखावा: वसन्तपुर क्षेत्रको अवलोकन– तस्बिरहरु ★   चिसो मौसममा भिक्षु विद्यार्थीलाई ज्याकेटले दिएको खुसी

१० अर्बको एनआरएन नेपाल डेभलपमेन्ट फण्ड स्थापना



काठमाडौं । गैर आवासीय नेपाली संघले १० अर्ब लगानी भित्र्याउने अठोटका साथ ‘एन.आर.एन. नेपाल डेभलपमेन्ट फण्ड’को स्थापना गरेको छ । 

संघको प्रयास र नेपाल सरकार अर्थ मन्त्रालयको समन्वयमा २०७७ चैत ३० गते कम्पनी रजिष्ट्रारको कार्यालयमा ‘एन.आर.एन. नेपाल डेभलपमेन्ट फण्ड लिमिटेड’ दर्ता भइसकेको छ । यो कम्पनीको अधिकृत पूँजी १० अर्ब रुपैयाँ रहेको छ । जसमा नेपाल सरकारले ५ प्रतिशत अर्थात ५० करोड रुपैयाँ लगानी गर्नेछ । यस्तै ३ अर्बको वैदेशिक मुद्रामा लगानीको प्रतिवद्धता समेत प्राप्त भइसकेको संघले जनाएको छ ।

फण्डबारे जानकारी दिने उद्देश्यले सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णु पौडेलले गैर आवासीय नेपालीहरुको बीचको पूँजीलाई नेपालमा भित्र्याई उत्पादन मुलक र रोजगारी मुलक क्षेत्रका आयोजनामा लगानी हुने विश्वास व्यक्त गर्नुभयो । 

अर्थ मन्त्री पौडेलले गैर आवासीय नेपालीहरुको पूँजी मात्रै भित्र्याउने मात्रै भन्दा पनि वैदेशिक लगानी भित्र्याउनका लागि लगानी दुत भएर काम गर्न सुझाव दिनुभयो । 

यसरी लगानी भित्र्याउँदा कालोधन हुन नहुने, बैंकिङ प्रणाली मार्फत मात्रै रकम ल्याउन र राष्ट्रिय प्राथमिकताका आयोजनामा लगानी गर्ने गरी ल्याउने तर्फ ध्यान दिन पनि आग्रह गर्नुभयो । वैदेशिक लगानी भित्रिने सुनिश्चित भए सरकारले अनुकुल वातावरण निर्माण गरिदिने प्रतिवद्धता पनि अर्थमन्त्री पौडेलले व्यक्त गर्नुभयो । 

कार्यक्रममा गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले गैर आवासीय नेपालीले व्यक्तिगत रुपमा धेरै अगाडि देखि लगानी गर्दै आएको भएपनि सन २०१२ देखि सामुहिक रुपमा लागनी भित्र्याउन शुरु गरेको बताउनुभयो । अहिले पनि १० अर्ब रुपैयाँ समुहिक लगानी गरी देशको विकास पूर्वाधारहरुमा लगानी गर्ने योजना अनुसार काम शुरु गरिएको बताउनुभयो । 

केही वर्ष भित्रमा यो फण्डलाई बढाएर ५० अर्ब भन्दा माथि पुर्याउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । गैर आवासीय नेपाली संघका पूर्वअध्यक्ष उपेन्द्र महतोले १० अर्ब रुपैयाँबाट शुरु भएको फण्डलाई १ खर्ब पु¥याउने योजना रहेको पनि बताउनुभयो । सो फण्ड मार्फत पूँजी र प्रविधि मात्रै भित्रिने नभई कर्पोरेट कल्चर, गुड गभर्नेन्स र ट्रान्सफरेन्सी पनि भित्रिने बताउनुभयो । त्यसका लागि नेपाल सरकारको साथ र सहयोग आवश्यक रकेको पनि बताउनुभयो । 

एन.आर.एन. नेपाल डेभलपमेन्ट फण्डले नेपालको उद्यम, व्यवसाय, यातायात, पूर्वाधार, पर्यटन, कृषि, उर्जा लगायतका क्षेत्रमा लगानी गर्ने उद्देश्य राखेको छ । कोष निर्माणका लागि गैर आवासीय नेपालीलाई लक्षित गरी प्राथमिक शेयर (आई.पी.ओ.) निष्काशन गरिनेछ ।