© 2023
काठमाडौँ: स्टक ब्रोकर एसोसिएसन अफ नेपालको नयाँ कार्यसमितिका लागि सागर ढकाल नेतृत्वको समूहले उम्मेदवारी घोषणा गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा अध्यक्षमा ढकाल, उपाध्यक्षमा नितेशकुमार अग्रवाल, महासचिवमा भक्तिराम घिमिरे, कोषाध्यक्षमा मदन पौडेल, सचिवमा कृष्ण गिरी तथा सदस्यहरूमा जयन्त श्रीवास्तव, अतित लाल श्रेष्ठ, हरिप्रसाद वाग्लेले उम्मेदवारी घोषणा गर्नुभएको हो ।