७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भाषा र संस्कृतिले जोड्दै नेपालीमन

काठमाडौँ । हाल दुबईमा एरोनोटिकल इञ्जिनियर रहेकी सिक्किमकी गीता क्षेत्रीले आफू सानो छँदा दसैँ, तिहार मनाएको अनुभव सुनाउँदा हलमा उपस्थित सबैको आँखा रसाएको थियो । चौबन्दी चोली र फरियामा सजिएकी गीताले दसैँमा रातो माटोले घर पोतेको, जमरा राखेको तथा तिहारमा देउसी खेलेको स्मरण गरेपछि सायद आ–आफ्नो जीवनसँग मेल खाएर होला