© 2023
कैलाली। डोटीको जोरायल गाउँपालिका–५ को कार्यालयले सहरमा बसेका नागरिकलाई शिविरमार्फत सेवा दिन थालेको छ । वडा कार्यालयले कैलाली जिल्लाका विभिन्न ठाउँमा बसोबास गर्ने आफ्ना नागरिकलाई शिविरमार्फत सेवा दिन थालेको हो । शिविरमार्फत ज्येष्ठ नागरिक लाभग्राहीको सामाजिक सुरक्षा परिचयपत्र ‘बायोमेट्रिक’ विधिबाट नवीकरण गर्ने काम भइरहेको वडा सचिव विनोद रजवारले जानकारी दिनुभयो